पोखरामा ३१ सहित गण्डकीमा थपिए ३७ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ३१ सहित गण्डकीमा बुधवार दिउसो थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ की १ महिला, २ की १ महिला, ४ का २ पुरुष तथा १ महिला, ५ का १ पुरुष तथा २ महिला, ७ का १ पुरुष, ८ का १ पुरुष तथा १ महिला, ९ का ३ पुरुष तथा ३ महिला, १२ का १ पुरुष, १३ की १ महिला, १४ का १ पुरुष तथा १ महिला, १६ की १ महिला, १७ का २ पुरुष, १९ का २ पुरुष, २५ का २ महिला, ३२ का २ पुरुष रहेका छन् ।

त्यस्तै गोरखा जिल्ला गोरखा नगरपालिकाका १ पुरुष, लमजुङ मध्य नेपालकी १ महिला, तनहुँ व्यासका २ पुरुष तथा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय ५३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button