
पोखरा न्यूज । कास्कीमा बुधबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको मादी गाँउपालिका -२ ल्याप्रयाङ स्थित खोलामा रुपन्देही देवदह -५ घर भई ताङतिङमा मजदुर काम गर्ने २९ वर्षीय बल्लु परियार मृत फेला परेको प्रहरीले जनाएको छ ।
परियारको शव बुधबार बिहान १० बजे खोलामा उत्तानो अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





