उपल्लो मुस्ताङको घिलिङ बासीले मागे सिंचाइ

पोखरा न्यूज । मुस्ताङको उपल्लो भेग हिउदमा अत्याधिक चिसो र खेतिपाती हुने समय वर्षायाममा समेत सिंचाइको अभावले आफ्नो थातथलोनै छोड्नुपर्ने बाध्यतामा स्थानीय पुगेका छन ।

नेपाल सरकारले सुखी नेपाली समृद्ध नेपालको नाराका साथ अगाडि वढेको भएतापनि त्यहाँ पुग्दाभने अझैपनि स्थानीयले निकै कष्टकर जीवन जिउन बाध्य छन । हिउदमा हिउ पर्ने र वर्षायाममा पर्याप्त मात्रामा पानी नपर्ने भएकाले नजिकैको खोलाबाट सिँचाइ गर्नुपर्ने बाध्यता त्यहाँका किसानलाई छ । लो घेकर दामोदर कुण्ड गाउँपालिकाका घिलिङ र ढाकमारका स्थानीय भने गाउँनै छाडेर बसाइसर्नुपर्ने अवस्थामा पुगेको वताउछन ।

घिलिङ र ढाकमार बासीले वर्षौ पहिलेदेखी बागलुङमा अवस्थित सिँचाइ कार्यालयमा पुगेर सिँचाइको लागि सहयोग गर्न आग्रह गरेको भएतापनि हालसम्म पनि सिँचाइ पाउन नसकेको लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सम्तेन ढावा गुरुङले वताउनुभयो ।

घिलिङ फांटमा स्याउसंगै आलु, साग, मुला, मेथी, फापर, उवा, गहु, जौ लगायतका वालीहरु उत्पादन हुने भएतापनि सिँचाइको अभावमा अधिकांश जमिन बांझोमा परिणत हुने क्रम वढ्दो छ । ६८ घर धुरी रहेको उक्त वडामा १ सय ७५ हेक्टर जमिन खेतीयोग्य फांटको रुपमा रहेतापनि सिँचाइको अभावका कारण बांझो रहेको स्थानीयले गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतसामु गुनासो गरेका छन् ।

सिँचाइ र कृषि कार्यालयमा वर्षौदेखी धाउदापनि हाल गण्डकी प्रदेश सरकारले ३० लाखमात्र बजेट उपलब्ध गराएको र त्यसले कुनैपनि काम नहुने भन्दै अध्यक्ष गुरुङले सिर्तुङ सिँचाइका लागी पांच करोड बजेट आवश्यक पर्ने वताउनुभयो । घिलिङ फांटमा नजिकैको सिर्तुङ खोलाबाट ४ किलोमिटर नहरबाट सिचाइ ल्याउन सकिने अध्यक्ष गुरुङको भनाइ रहेको थियो । घिलिङ फांट उत्पादनयोग्य ठाउँ रहेकाले उक्त ठाउँमा वीउविजन उत्पादन गरी समग्र मुस्ताङमा वीउ उपलब्ध गराउन सकिने समेत स्थानीयहरुको भनाइ रहेको छ ।

विकास निर्माणको अनुगमनका लागि उपल्लो मुस्ताङको घिलिङ पुगेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले तीन तहको सरकार हुँदा पनि सरकारले जनताको समस्याको समाधान गर्न नसक्नु आफैमा दुखद पक्ष भएको वताउदै अघिल्लो सरकारहरुको पालोमा भन्दा पछिल्लो स्थायी सरकारले बिकासका कामहरुको थालनी गरेकाले यसले पक्कैपनि राम्रो निकास लिने बताउनुभयो ।

उपल्लो मुस्ताङबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले सरकारले जनताको समस्यालाई नजिकबाट नियाल्नका लागी गाउँगाउँमा मन्त्री आउनुभएको बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button