पोखरा न्यूज । कोरोना संक्रमणबाट पोखरामा थप एक जना पुरुषको मृत्यु भएको छ ।
तनहुँ जिल्ला म्याग्दे गाउँपालिका–२ का ६० वर्षीय पुरुषको आइतबार बिहान ९.३० बजे मृत्यु भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माका अनुसार यही मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको हो ।
उहाँमा मृर्गौला र निमोनियाको समस्या रहेको बताइएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८४ पुगेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution