रमेश राज भट्टराईको बहुला सिरिजको “राजा“ बजारमा

पोखरा न्यूज संवाददाता । लोक दोहोरी मात्र नभएर प्रत्यक्ष दोहोरीमा समेत अब्बल गायक तथा सर्जक रमेश राज भट्टराई सुगम विधामा समेत सफल सर्जक तथा गायकका रुपमा परिचित छन् । बहुला गीतबाट अत्यधिक सफलता पाएका भट्टराईले बहुला २ राखी बाट थप सफलताको स्वाद चाखी सकेका छन् । आफ्ना सिर्जनामा रमाउँदै निकै मेहनत गर्ने भट्टराईले बहुला सिरिजको तेस्रो संस्करण “राजा“ बजारमा ल्याउनुभएको छ ।

अन्य सिरिज झैँ दर्शकले राजालाई पनि मन पराई दिनेमा भट्टराई विश्वस्त छन् । लगभग दुई दशक देखीको मेरो गीत सङ्गीतको यात्रामा आजसम्म कै दर्शक श्रोताले सर्वाधिक प्रतीक्षा गर्नुभएको गीत हो “राजा“ त्यस कारण पनि सफल हुनेछ भट्टराई ढुक्क देखिनुभएको छ ।

भिडियोमा दुर्गेश थापाको दमदार अभिनय हेर्न सकिन्छ । गलत प्रवृत्तिका कार्यमा संलग्न रहेका दुर्गेशको एक युवती ( सुप्रिमा भट्टराई) सँग प्रेम सम्बन्ध कायम भए पनि आफ्नो प्रेमी हत्या र आतङ्कको जगतमा एक नम्बरमा रहेको थाहा पाए पछि उनले अन्तै बिहे घरजम गर्छिन । त्यस पश्च्यातका द्वन्द्वात्मक शैलीको कथा निकै आकर्षक देखिएको छ । भिडियोमा रवीन्द्र टिटुङ्गको समेत अभिनय रहेको छ ।

ठुलो फ्रेममा खिचिएको उक्त गीतका रचनाकार, सङ्गीतकार तथा गायक स्वयं भट्टराई हुन । चर्चित युवा निर्देशक विक्रम चौहानले गीतलाई पर्दामा फिल्मी शैलीमा उतारेका छन् । साहस शाक्यले सङ्गीत संयोजन गरेको गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन भने अजय रेग्मीले खिचेका छन् । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियो बि स्टार फिल्मस् ले पोस्ट प्रोडक्सन गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button