शनिबार दिउँसो आउने फिल्म हेर्नका लागि आतुर हुन्थेँ : नेत्र गुरुङ

पोखरा । नेत्र गुरुङ नेपाली फिल्मको युवा निर्देशक हनुहुन्छ । ‘माया यो कस्तो माया’ बाट फिल्म निर्देशनमा डेब्यू गरेका गुरुङले ‘सुनामी’ र ‘नाईके’ फिल्म निर्देशन गर्नुभयो ।

उहाँको लेखन तथा निर्देशनमा फिल्म ‘खैला बैला’ बन्ने तयारी भएको छ । फिल्म सामाजिक विषयबस्तुमा आधारित हाँस्यप्रदान चलचित्र हुनेछ । हुनत पछिल्लो समयमा छोटा फिल्म र म्युजिक भिडियो निर्देशनमा व्यस्त नेत्र गायक समेत हुनुहुन्छ । २०५८ सालमा ‘निराशाको बादल’ बोलको गीत रेकर्ड गरेर नेपाली सांगीतिक फाँटमा पाइला अगाडि बढाउनुभएको थियो ।

उहाँले २०६६ सालमा ‘माया बस्यो मुटुमा’ एलबमनै सार्वजनिक गर्नुभयो । कोरोना कहरको समयमा उहाँका ‘म तिम्रै हुँ माया’ र ‘फर्क गाउँघर’ गीत सार्वजनिक भए । उहाँले हालसम्म झण्डै ३ दर्जन गीतमा आवाज भर्नूभएको छ । एक हजार भन्दा बढी म्युजिक भिडियोमा काम गरिसक्नुभएका गुरुङले छोटा फिल्म निर्देशन मार्फत समेत आफ्नो पहिचान बनाउनुभएको छ । यसपाली निर्देशक तथा गायक गुरुङसँग हामीले फिल्मी क्षेत्रको बारेमा केही प्रश्न गरेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

हेर्छु किन नहेर्नु, म फिल्म एकदमै धेरै हेर्न मानिस हुँ ।

तपाईंले फिल्म हेर्ने माध्यम के हो ?

फिल्महलसँगै युट्युब, नेटफ्लिक्स लगायतका डिजिटल मिडियासँगै घरमानै एलईडिमा पेन ड्राइभ जोडेर हेर्छु । घरमा सानो होम थिएटर जस्तो बनाएको छुँ । घरमा प्रायः त्यही माध्यमबाट हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

फिल्म हलमा अरु दर्शकसँग आफू पनि दर्शक भएर हेर्दा अति नै रमाइलो हुन्छ । घरमा समेत रमाइलो नै हुन्छ । फिल्म हलको जतिको रमाइलो भने घरमा हुँदैन । किनकी हलमा फिल्म हेर्दा छुट्टै आनन्द र मज्जा हुन्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

सानोबाट नै फिल्म हेथ्र्यौ, अझ भनौ नेपाल टेलिभिजनमा शनिबार दिउँसो २ बजे आउने फिल्म हेर्नका लागि आतुर हुन्थँे । कहिले शनिबार आउँला भन्ने मनमा हुन्थ्यो । पछि बिस्तारै फिल्म हलमा नाइट सो हेर्ने, शनिबार विद्यार्थी सहुलियतमा ५० प्रतिशत छुट लिएर हेर्न जाने गर्न थाले । यसरी हेर्दा साथीहरुको ठूलै जमघट हुन्थ्यो । विस्तारै भिसिआर डेक भाडामा लिएर साथीभाईहरु मिलेर पैसा जम्मा गरेर हेर्न थालियोे । त्यसोत फिल्महल आफ्नै घर नजिकै भएको कारण नाइट सो चल्ने बेलामा नाइट सो मार्फत फिल्म हेर्न गरिन्थ्यो । यसरी सिनेमा हेर्न जाँदा घरमा धेरै पटक गाली खाइन्थ्याँे । साथीकोमा पढ्न गएको थिएँ भनेर सेमत धेरैचोटी ढाँटे । अहिले सम्झदा रमाइलो लाग्छ ।

हलमा हेरेको पहिलो फिल्म ?

हलमा हेरेको पहिलो फिल्म सलमान खानले अभिनय गरेको फिल्म ‘बाघी’ थियो । जुन फिल्म मैले पूर्णिमा हलमा हेरेको थिएँ ।

मनपर्ने फिल्मी कलाकार ?

मनपर्ने कलाकार धेरै हुनुहुन्छ । त्यसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर शाह, गौरी मल्ल, हरिहर शर्माको अभिनय गजब लाग्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपाली फिल्ममा विस्तारै विकास हुँदैछ । आफ्नै घरबाट देखिने कथाहरु, आफ्नै सेरोफेरोका कथाहरुमा फिल्म बनाइदैछ यो सकारात्मक कुरा हो । कथा अनुसारको पात्र खोजिनु, पात्रलाई फिल्मको लागि तयार पारेर मात्र काम गरिनु अहिलेको राम्रो पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?

नेपाली फिल्मको सबैभन्दा सुधार गर्नुपर्ने पक्ष भनेको साउण्ड डिजाइन हो । यसैगरी सिनेमाघरको पर्दा, साउण्ड सिस्टम, प्राविधिक समेत अपडेटेड तथा फिल्म बुझेको भए गरेको आउटपुट देखिन्थ्यो । यो ठूलो समस्या बनेको छ यसमा सुधार हुनुपर्छ ।

फिल्ममा अभिनय गर्ने रहर पलायन ?

फिल्ममा अभिनय गर्ने रहर भन्दा गराउन पाउने आफ्नो काम नै गजब लाग्छ । मलाई अभिनयको लागि अफर नै नआएका भने होइनन् अभिनयको लागि केही अफर त आएका थिए तर गरिन । आफूलाई निर्देशनमानै बढी रुचि भएको कारण यहीँ फिल्डमानै आफ्नो करियर बनाउन खोजे । समय देखि लगानी जति सबै यसैमा गरियो । सोही कारण अब पलायन नभई निरन्तर निर्देशन फिल्डमा अझै अघि बढ्ने योजना बनाएको छु ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

विश्व बजारसँगै कोभिडले थला परेको सिनेमा फिल्डलाई सक्रिय बनाउन हामी फिल्मकर्मी, दर्शक, हल सञ्चालक सबैको ठूलो हात छ । त्यसैले सबैले आफ्नो मात्र नसोची फिल्म उद्योगकको लागि सोचौँ भन्न चाहन्छु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button