पोखरामा २ कोरोना संक्रमितको मृत्यु

पोखरा न्यूज । पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

तनहुँ जिल्ला म्याग्दे गाउँपालिका-५का ७३ वर्षीय कोरोना संक्रमित पुरुष र स्याङ्जा फेदीखोला गाउँपालिका–१ निवासी कोरोना संक्रमित ७४ वर्षीया महिलाको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा कोभिड-१९ उपचार केन्द्रमा उपचाररत तनहुँका ७३ वर्षीय पुरुषको बुधबार साँझ ५.२० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उहाँमा प्रेसर सहित अन्य दीर्घ रोगहरु समेत रहेको  बताइएको छ ।

त्यस्तै कोरोना संक्रमित स्याङ्जाकी ७४ वर्षीय महिलाको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा बुधबार राति ८.२० बजे मृत्यु भएको हो । पुन ५ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमा उपचारकै क्रममा उहाँको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक शर्माले जानकारी दिनुभयो ।यस संगै गण्डकीमा कोरोना संक्रमणबाट एक सय ९० जनाको मृत्यु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button