पोखरामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

पोखरा न्यूज । पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

तनहुँ शुक्लागण्डकी नगरपालिका-५ का ७१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट विहीबार दिउँसो १.०० बजे मृत्यु भएको हो । पुस ४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा उहाँको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँमा उच्च रक्तचापको समस्या समेत रहेको बतायएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ९१ पुगेको छ । कोरोनाकै कारण सोही अस्पतालमा उपचाररत दुई जनाले बुधबार ज्यान गुमाएका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button