गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री गुरुङद्वारा क्रिशमसको शुभकामना

पोखरा न्यूज । ईशाईहरुको महान पर्व क्रिशमसको दिन पारेर गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बाले गुरुङले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

येशू ख्रीष्टको जन्मोत्सव अर्थात् क्रिशमस डेको अवसरमा शुक्रबार मुख्यमन्त्री गुरुङले नेपाल तथा बिदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धि हुन् । बहुजातीय, बहुभाषिक,बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्वाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझ मजवुत वनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन् । यस पर्वले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपालीका वीच आपसी सद्भाव सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु, मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा भन्नुभउको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button