पोखरामा ८२ सहित गण्डकीमा थप १ सय २२ मा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा ८२ सहित गण्डकी प्रदेशमा आइतबार दिउँसो थप १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ की १ महिला, ३ की १ महिला, ४ का १ पुरुष, ५ का १ पुरुष तथा २ महिला, ६ का ३ पुरुष तथा ४ महिला, ८ का ७ पुरुष तथा ३ महिला, ९ का ३ पुरुष तथा ३ महिला, १० का ४ पुरुष तथा ७ महिला, ११ का ५ पुरुष तथा ४ महिला, १२ का १ पुरुष, १३ की १ महिला, १४ का ३ पुरुष तथा १ महिला, १५ का ३ महिला, १६ का २ पुरुष तथा १ महिला, १७ का २ पुरुष तथा ४ महिला, १९ का ३ पुरुष, २५ का १ पुरुष तथा २ महिला, २६ का १ पुरुष तथा २ महिला, २९ की १ महिला, ३० का १ पुरुष, ३३ का १ पुरुष, पोखरा महानगरपालिका वडा नखुलेका ३ महिला, कास्कीको मादी गाउँपालिकाकी १ पुरुष रहेका छन् ।

त्यस्तै गोरखा जिल्ला सिरानचोकका १ पुरुष, गण्डकीका १ पुरुष तथा १ महिला, गोरखा नगरपालिकाका ५ पुरुष तथा २ महिला, म्याग्दी जिल्ला मंगलाकी १ महिला, मालिकाका १ पुरुष, बेनीका २ पुरुष, बागलुङ जैमिनीका १ पुरुष, बागलुङ नगरपालिकाका २ पुरुष तथा २ महिला, लमजुङ सुन्दरबजारकी १ महिला, मस्याङ्दीकी १ महिला, पर्वत कुश्माकी १ महिला, मोदीका १ पुरुष, तनहुँ भीमादका २ पुरुष तथा १ महिला, शुक्लागण्डकीका १ पुरुष, बन्दीपुरका १ पुरुष, स्याङ्जा पुतलीबजारका १ पुरुष, विरुवाका १ पुरुष, चापाकोटका १ पुरुष, वालिङका ५ पुरुष तथा २ महिला, भिरकोटका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ७७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button