आजको राशिफल : पुस २१ गते मंगलबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मिति : २०७७–पौष–२१, मङ्गलबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको ०५, २०२१, पौष कृष्ण पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः सप्तमी घ.प. ५०ः४(२६ः५९), नक्षत्रः उत्तराफाल्गुनी घ.प.२७ ः२५, योगः शोभन, करण ः वणिक्, आनन्दादी योग ः धाता
चन्द्रमाः कन्या, सूर्यः धनु, अयनः दक्षिण
सूर्योदयः ६ः५७
सूर्यास्तः १७ः२१

आजको राशिफलः
मेष :  तपाईंको आजको दिन तपाईंको पक्षमा रहेको देखिदैन । आफन्त तथा साथीभाइले साथ छाड्नेछन् । झैझगडाको सम्भावना देखिएकाले सतर्कता अपनउनुपर्ने देखिन्छ । खर्च बढेर जानेछ । स्वास्थ्यले पनि साथ नदिँदा चिन्ता बढेर जाने योग रहेको छ ।

वृष :  तपाईंको आजको दिन राम्रो रहेको छ । बोलीको प्रभाव बढ्नेछ । सुमधुर यात्राको सम्भावना रहेको छ । गरेका कामहरु सहजै पुरा गर्न सक्ने योग रहेको छ । आर्थिक कारोबारहरु बढेर जाने देखिन्छ ।

मिथुन : धार्मिक कार्यमा मन जानेछ । सन्तानको साथले सबै कामकारबाही सहजतापूर्वक सम्पन्न हुने देखिन्छ । अरुको मन जित्ने योग रहेको छ । धनार्जको बाटो खुलेकाले थोरै विचार गर्नुहोला । अध्ययनमा मन जानेछ ।

कर्कट : तपाईंको आजको दिनले तपाईंलाई साथ दिने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । नयाँ-नयाँ कामहरुको सुरुवात हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । थोरै परिश्रम र विचार गरेर काम गर्नुभयो भने जस्तोसुकै कठिन अवस्थालाई पनि सहज पार गर्नुहुनेछ ।

सिंह. तपाईंले आज धोका मात्र पाउने योग रहेको छ । विवादास्पद काममा हात हाल्न पुग्दा समस्या देखिनेछ । चिन्ता बढ्ने भएकाले सतर्कता र सोच बिवेक अपनाउनुपर्ने देखिन्छ । यात्राको अवसर प्राप्त भएपनि खर्च ज्यादा हुने देखिन्छ ।

कन्या. तपाईंको आजको दिन उत्कृष्ट रहेको छ । मान-सम्मान प्राप्त गर्नुका साथै मिष्ठान्न भोजनको योग रहेको छ । अर्थोपार्जनको मार्ग खुलेको छ । गरेका र आँटेका काम सबै सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ ।

तुला. जागिरमा सफलता मिल्दा पदोन्नतिको सम्भावना पनि उत्तिकै रहेको छ । नाम र दाम कमाउने योग रहेको छ । अध्ययनमा रुचि जानेछ । आजको दिन तपार्इंको लागि खुलेको छ । आफन्त र इष्टमित्रको सहयोग पाउनुहुनेछ ।

वृश्चिक. राम्रा समाचार सुन्न पाइनेछ । गतिशीलताका साथ गरिएको कार्यले पूर्णता पाउनेछ । मनले इच्छाएका कुराहरु पुग्ने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । साथीभाइको सहयोग मिल्नेछ । धर्म-कर्ममा मन जानेछ ।

धनु. मानसिक चिन्ताले सताउनेछ । मन द्विविधामा जाँदा गरेका कार्यहरु सफल नहन पनि सक्छ । अध्ययनमा सोचेजस्तो प्रगति नहुने देखिन्छ । आत्मबल कमजोर हुने समय भएकाले थोरै भए पनि आँट बढाउनुपर्ने देखिन्छ ।

मकर. जिवनशैलीमा सुधार आउने देखिन्छ । चिताएको कामकारबाही सहजै पुरा हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । एकत्रित कार्यले सफलता मिल्ने देखिन्छ । व्यापारबाट राम्रो अर्थोपार्जन हुने योग रहेको छ ।

कुम्भ. नयाँ व्यापार तथा उद्योगको सुरुवात गर्ने योग रहेको छ । कृषिकार्यले साथ दिनेछ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद–प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ–नयाँ श्रोतहरु खुलेका छन् । अध्ययनमा मन जानेछ ।

मीन. चिन्ता बढ्नेछ । खर्चको मात्रा बढ्ने समय भएकाले विचार पुर्याउनुहोला । दुर्घटनाको समय रहेको छ । मानसिक दोधार बढ्ने भएकाले काम गर्दा सचेत हुनुपर्नेछ । अरुले नगरिएको कामकारबाहीमा फसाउन सक्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button