तनहुँमा घरभित्र पुरुष मृत फेला

पोखरा न्यूज । तनहुँमा सोमबार एक पुरुषको मृत्यु भएको छ ।

आबूखैरेनी गाउँपालिका-२ नारीघाट स्थित धनराज गुरुङको जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका ५५ वर्षीय समय निरौला मृत फेला परेका हुन् । सात वर्षदेखी उक्त घरमा बस्दै आएका निरौलाको ठेगना भने खुलेको छैन ।

दुई दिनदेखि घरको ढोका नखुलेपछि सोमबार बिहान ८.३० बजे ढोका खोलेर हेर्दा निरौला मृत अवस्थामा फेला परेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले दिनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button