आजको राशिफल : माघ ३ गते शनिबार

वीरेन्द्र सापकोटा आज मितिः २०७७–माघ–०३, शनिबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको १६, २०२१, पौष शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः तृतीया घ.प. ४ः४६(८ः५२), नक्षत्रः शतभिषा घ.प. अहोरात्र, योगः व्यतीपात करणः वणिक्, आनन्दादी योगः आनन्द

चन्द्रमाः कुम्भ, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६ः५८

सूर्यास्तः १७ः३०

आजको राशिफलः

मेष. तपाइले आँट्नुभएका कार्य सम्पन्न र सफल बनाउन साथीभाइ र आफन्तले पूर्ण सहयोग गर्नेछन् । धार्मिक कार्यमा मन जाँदा नयाँ–नयाँ व्यवसायको अफर समेत आउनेछ । मन प्रसन्न हुनेछ ।

वृष. कष्टपूर्वक दिन व्यतित हुनेछ । आफन्तबाट अकस्मात धोकाको खबर पाउदा मन छाँगाबाट खसेजस्तै हुनेछ । खर्च र यात्रामा दुःखको झन्झट अनि समस्या आउने समय देखिएको छ । सावधानी अपनाउनुहोला ।

मिथुन. मानसम्मान प्राप्त हुने दिन रहेको छ । गरेको काममा सफलता प्राप्ति हुनेछ । नयाँ–नयाँ कार्यको थालनी हुनेछ । आफन्तले सहयोग गर्दा मन प्रफुल्ल हुनेछ । समग्रमा आजको दिनमा सन्तोष प्राप्त हुनेछ ।

कर्कट. आजको दिन सतर्कपूर्वक बिताउनुपर्ने देखिन्छ । नयाँ काममा हात नहालेकै बेस हुनेछ । आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना भएकाले होसियारी अपनाउनुपर्ने देखिन्छ । मनमा अशान्तिको मात्र बढेर जानेछ ।

सिंह. तपाईको लागि आजको दिन ठिकै रहेको छ । आफन्तको सहयोग मिल्नेछ भने नयाँ–नयाँ मित्रताको सुअवसर आउने छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ भने मन खुसी रहनेछ ।

कन्या. तपाइको आजको दिन राम्रो छैन । झैझगडाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउनुपर्ने देखिन्छ । नयाँ कामकारबाही नगर्दा नै राम्रो हुनेछ । सबैको अपजसले गर्दा गरेका काम पनि बिग्रने हुदा बोलीमा सजगता अपनाउनुपर्ने देखिन्छ ।

तुला. तुला. रोजगारीको अवसर प्राप्त हुने योग देखिन्छ । मिष्ठान्न भोजनको योग रहेको छ । व्यापार व्यवसायबाट राम्रो हुने देखिन्छ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । स्वास्थ्य तपाइको पक्षमा रहेको छ ।

वृश्चिक. तपाईँको आजको दिनमा आत्मबल बढेर जानेछ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । अध्ययनमा रुचि बढ्ने देखिन्छ । सामाजिक कार्यमा मन जानेछ भने घरपरिवारबाट राम्रो सहयोग मिल्नेछ ।

धनु. पारिवारिक स्थितिमा सुधार आउँदा तपाइको आजको दिनचर्या सुखमय तवरले बित्ने देखिन्छ । मान–सम्मान प्राप्त हुनेछ । रोजगारीको अवसरहरु सृजना हुनेछ । महत्वपूर्ण कार्यहरु सफलतापूर्वक बन्ने दिन रहेको छ ।

मकर. तपाईको आजको दिन राम्रो मान्न सकिदैन । खानामा गडबढ हुने भएकाले स्वास्थ्यमा समस्या आउनेछ । समस्या मात्र सृजित हुने भएकाले अलि विवेक र होस पु¥याएर मात्र काम गर्नुपर्ने देखिन्छ ।

कुम्भ. उचित प्रतिफल प्राप्त गर्ने हुदा तपाइले गरेको व्यापार व्यवसायले खुसी दिने देखिन्छ । नयाँ–नयाँ कामका अवसरहरु प्राप्त हुनेछ । भोजन प्राप्तिको योग रहेको छ । मानसम्मानपूर्वक नै तपाइको दिन व्यतित हुने देखिन्छ ।

मीन.नसोचेको क्षेत्रबाट आर्थिक उपलब्धि हुने देखिन्छ । गरेका कार्यबाट जस प्राप्ति हुनेछ । सबैतिरबाट वाहवाहीको प्रशंसा पाइनेछ । अध्ययनमा रुचि बढ्नेछ । नयाँ यात्राको प्रबल सम्भावना रहेको देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button