गण्डकीमा थप ४० जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा शनिवार दिउँसोसम्म १५ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लामा थप ४० जनामा कोरोना संक्रमण देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिकाको वडा नं १ का १ जना महिला र १ जना पुरुष, वडा नं २ का १ जना पुरुष, वडा नं ४ का १ जना महिला र २ जना पुरुष, वडा नं ५ का १ जना महिला र १ जना पुरुष, वडा नं ६ का १ जना महिला र १ जना पुरुष, वडा नं ७ का १ जना पुरुष, वडा नं ८ का १ जना महिला र १ जना पुरुष, वडा नं ९ का २ जना महिला, वडा नं १२ का १ जना महिला, वडा नं १४ का ३ जना महिला र २ जना पुरुष, वडा नं १५ का १ जना महिला र १ जना पुरुष, वडा नं १६ का १ जना महिला र ३ जना पुरुष, वडा नं १७ का १ जना पुरुष, वडा नं १८ का १ जना पुरुष, वडा नं २६ का १ जना महिला र २ जना पुरुष र वडा नं ३२ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी बाग्लुङको गल्कोट नगरपालिका वडा नं ५ का १ जना पुरुष, म्याग्दीको बेनी नगरपालिकाका १ जना पुरुष, पर्वतको कुश्मा नगरपालिकाको वडा नं २ का १ जना पुरुष र तनहुँको बन्दीपुर नगरपालिकाको वडा नं ४ का १ जना पुरुष, भिमाद नगरपालिकाको वडा नं ४ का १ जना महिला, स्याङ्जाको बिरुवा गाँउपालिकाको वडा नं ६ का १ जना महिला र १ पुरुषमा संक्रमण पहिचान भएको हो ।

संक्रमितहरु मध्ये ११ जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान हुनु भएको हो । उहाँहरुको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट संक्रमण पुष्टि गरिएको थियो । २९ जना संक्रमितहरुे लाइफ केयर एण्ड डायग्नेस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान हुनु भएको निर्देशनालयले जानकारी दिएको छ । सबै संक्रमितहरु आइसोलेसनमा व्यवस्थापन गरिने पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button