गण्डकीमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको निधन

पोखरा न्यूज । नवलपुरका एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । गैंडाकोट नगरपालिका वडा नं १३ का ५५ वर्षीय पुरुषको भरतपुर अस्पताल चितवनमा मंगलबार साँझ निधन भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार साँझ ६ बजे उपचारको क्रममा उहाँको निधन भएको हो ।

पुष २६ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोभिड निमोनिया र क्रोनिक मृगौला सम्बन्धी समस्या रहेको थियो । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button