प्रधानमन्त्री ओलीलाई भारतीय राजदूतद्धारा खोप हस्तान्तरण

पोखरा न्यूज । नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप आज हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा एक कार्यक्रम आयोजना गरि नेपाल सरकारलाई भारतले खोप हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले भारत सरकारको तर्फबाट सो उपहार हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएकाे जानकारी अनुसार बालुवाटारमा आयाेजित कार्यक्रममा भारतीय राजदुतले साे सहयाेग हस्तान्तरण गर्नुभएकाे छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button