लागुऔषध ओसारपसारको आरोपमा चार युवा पक्राउ

पोखरा न्यूज । नवलपुरको दुम्कीबासबाट लागुऔषध ओसारपसार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत त्रिवेणी नगरपालिका-१ स्थित दुम्कीबासमा प्रहरीले चेकजाँच गर्दा लागुऔषधसहित उनीहरु पक्राउ परेका हुन् । भैरहवाबाट काठमाण्डौं आउदै गरेको लु २ ख ७८१ को वसमा लागुऔषध लिएर हिडिँरहेको अवस्थामा विराटनगर नगरपालिका-६ निवासी १९ वर्षीय विशाल ऋषिदेव (मुसहर) को साथबाट नुर्फिन ३९८ एम्पुल, फेनरागन ३९८ र डाइजापाम ३९६ एम्पुल बरामद गरिएको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद शिलवालले दिनुभयो ।

सोही स्थानमा गरिएको चेकजाँचमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना३ख ३४६४ नं को बसमा सवार तनहुँ व्यास-१ का २७ वर्षीय मीनबहादुर थापामगरको साथबाट नुर्फिन २८ एम्पुल। फेनरागन २८ एम्पुल र डाइजापाम २८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नवलपुरको कावासोती नगरपालिका-१६ चालीस किलोमा गरिएको चेकजाँचमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ग१ख ९९८८ नं को बसमा सवार चितवन रत्ननगर नगरपालिका-२ निवासी २० वर्षीय अनुरुप अधिकारी र धादिङ जलजला गाउँपालिका-५ निवासी १७ वर्षीय सन्दीप अधिकारीको साथबाट नुर्फिन १७ एम्पुल, डाइजापाम १७ एम्पुल र फेनरागन १७ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिनुभयो । उनीहरु चारै जना विरुद्ध लागुऔषध सम्वन्धी कारवाही प्रक्रिया अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button