गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ४७८ पुगेको छ । बिहीबार दिउसोसम्म प्रदेशका विभिन्न जिल्लामा ४१ जना संक्रमितहरु थप भएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं २ का १ जना महिला, वडा नं ३ का १ जना पुरुष, वडा नं ४ का १ जना पुरुष, वडा नं ५ का १ जना पुरुष, वडा नं ६ का ३ जना पुरुष, वडा नं ८ का १ जना पुरुष, वडा नं १० का १ जना महिला र १ जना पुरुष, वडा नं ११ का १ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको हो । त्यसैगरी महानगरको वडा नं १४ का १ जना पुरुष, वडा नं १५ का १ जना महिला र १ जना पुरुष र वडा नं १६ का १ जना महिला र २ जना पुरुष, वडा नं १७ का १ जना महिला र १ जना पुरुष, वडा नं १८ का १ जना महिला, वडा नं १९ मा १ जना पुरुष, वडा नं २५ का १ जना महिला, वडा नं २७ का २ जना महिला र १ जना पुरुष, वडा नं ३० का १ जना महिला, वडा नं ३१ का २ जना महिला र १ जना पुरुष, वडा नं ३२ मा १ जना जना महिलामा कोरोना संक्रमण देखिएको छ ।

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं २ का १ जना पुरुष, म्याग्दीको बेनी नगरपालिका बडा नं ४ का १ जना पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं २ का १ जना पुरुष, वडा नं १ का १ जना पुरुष, वडा नं ४ का १ जना पुरुष, तनहुँको व्यास नगरपालिका वडा नं १ का १ जना महिला, वडा नं ४ का १ जना पुरुष, भानु नगरपालिकाको वडा नं ३ का १ जना महिला, गोरखाको पालुङ्टार नगरपालिका वडा नं ६ का १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरु मध्ये ८ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनीकमा गरिएको परिक्षणबाट पहिचान भएको निर्देशनालयले जानकारी दिएको छ । १७ जना संक्रमितहरुको लाइफ एण्ड डायग्नोस्टिक प्रालि पोखरामा परिक्षण गरिएको थियो । त्यसैगरी १६ जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान हुनुभएको हो । उहाँहरु सबैजनाको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको जनाइएको छ । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button