नियमित गुरुङ चलचित्र प्रदर्शनको प्रचार तीव्र

पोखरा न्यूज । विगत लामो समयदेखि नेपाली चलचित्र झै गुरुङ चलचित्रलाई नियमित रुपमा हलमा प्रर्दशन गर्नुपर्छ भनेर गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)ले पहल गर्दै आएको थियो । तर विविध कारणवस उनीहरुको पहलले सार्थकता पाएको थिएन ।

सोही कारण गुरुङ चलचित्र च्यारिटी सो को रुपमा फाट्टफुट्ट हलमा प्रर्दशन गरिएपनि अधिकांश चलचित्र समाजघर, पार्टी प्यालेसमा प्रर्दशन गर्नुपर्ने बाध्यता थियो । त्यसरी चलचित्र देखाउँदा घर–दैलोमानै पुगेर टीकट बेचिन्थ्यो । त्यो बाध्यता हटेको छ । किनकी अब अन्य नेपाली चलचित्र झै गुरुङ चलचित्र नियमित रुपमा हलमा प्रर्दशन हुने भएको छ । गुरुङ फिल्म एशोसिएसन नेपाल र पोखरा सभागृहचोकमा रहेको मिडटाउन ग्यालरीयाबीच हालै सम्झौता भएपछि यो सम्भव भएको हो ।

त्यसोत कोरोना महामारीका कारण लामो समया सिनेमा हल पूर्ण रुपमा बन्द रहे । अहिले हल सञ्चालनमा आएपनि चलचित्र हेर्न पुग्ने दर्शकको संख्या न्यून रहेको छ । नियमित गुरुङ चलचित्र प्रर्दशन हुन थालेपछि दर्शकको चाप हलमा बढ्न सक्नेछ । दर्शकले सुविधासम्पन्न हलमा बसेर चलचित्र हेर्न पाउने भएकोले गुरुङ चलचित्रका दर्शक समेत बढ्ने अपेक्षा गरिएको छ । अहिले हरेक हप्ताको शुक्रबार र शनिबार गरेर हप्तामा दुई दिन चलचित्र प्रर्दशन गर्ने तयारी गरिएको छ । दुवै दिन मन्ध्यान्न १२ बजे र दिउँसो २ बजे गरेर कुल चार सो मार्र्फत चलचित्र प्रर्दशन गरिनेछ । प्रर्दशनका लागि कूल २० वटा गुरुङ चलचित्र छनोट भएका छन् । माघ २३ गते शुक्रबार बाट २०७७ असार ५ गते शनिबारसम्मको अवधिमा ती २० चलचित्र पालैपालो प्रर्दशन गरिनेछ ।

यसरी गुरुङ चलचित्र नियमित रुपमा हलमा प्रर्दशन गरिने भएपछि यतिबेला प्रचारलाई तीव्र पारिएको छ । ‘घरदैलोमा टीकट किनेर हैन, चलचित्र हलमा गएर सहयोग गरौ’ भन्दै जिफान तथा गुरुङ चलचित्रकर्मीले यतिबेला अभियानलाई चलाइरहेका छन् । नियमित रुपमा हलमा चलचित्र प्रर्दशनको शुभारम्भ माघ २३ गते शुक्रबार हुने गुरुङ फिल्म एशोसियसन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिनुभयो । माघ २३ र २४ गते तमु फिल्मस् प्रालिको ब्यानरमा जसु गुरुङले निर्देशन गरेको चलचित्र ‘कर्म क्याँ’ प्रदर्शन हुनेछ । यो चलचित्र हेर्नका लागि सोमबारबाट अनलाइन टीकट बुकिङ गर्न सकिनेछ ।

 

यस्तैगरी माघ ३० र फागुन १ गते पाईला फिल्मस् प्रालिको ब्यानरमा माओत्सेतुङ गुरुङद्वारा निर्देशित ‘म्हि न्होर्बै ट’ प्रदर्शन हुनेभएको छ । फागुन ७ र ८ गते बेब्स क्रियशन प्रालि ब्यानरमा निर्मित तथा प्रीतम गुरुङ निर्देशित रिजे ‘नाशा’ प्रदर्शन गरिनेछ ।शुभेच्छा फिल्म प्रालि ब्यानरमा बनेको खुशबहादुर गुरुङद्वारा निर्देशित ‘सम्बन्धको डोरी’ चलचित्रको प्रर्दशन फागुन १४ र १५ गतेको लागि तय भएको छ । फागनु २१ र २२ गते तमु फिल्मस् प्रालिको ब्यानरमा निर्मित गोरा गुरुङद्वारा निर्देशित ‘सीमी नाशा’ प्रदर्शन गर्ने पालो परेको छ ।

लेकाली फिल्म प्रालिको ब्यानरमा गुञ्जबहादुर गुरुङले निर्देशन गरेको चलचित्र ‘यू.के.सुईटर’ फागनु २८ र २९ गते सार्वजनिक हुनेभएको छ । चैतको ६ र ७ गते शुभेच्छा फिल्म प्रालिको ब्यानरमा खुशबहादुर गुरुङ निर्देशित चलचित्र ‘प्रें सोना’ को प्रदर्शन पालो परेको छ ।
यसैगरी स्वस्तिक फिल्म प्रालिको ब्यानरमा निर्माण भएको सोम गुरुङ निर्देशित चलचित्र ‘स्यु रु’ चैत १३ र १४ गते प्रदर्शन हुनेछ । पाईला फिल्मस् प्रालिको ब्यानरमा माओत्सेतुङ गुरुङद्वारा निर्देशित चलचित्र ‘तमुस्यो’ चैत २० र २१ गते प्रदर्शन गर्ने तय भएको छ ।

भकारी ईभेन्ट्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘सबन मु’ चैत २७ र २८ गते प्रदर्शन गरिनेछ । यो चलचित्रको निर्देशक कृष्णकुमार गुरुङ हुनुहुन्छ । २०७७ सालको नयाँ वर्षमा प्रर्दशन गरिने तयारी गरिए पनि कोरोनाका कारण प्रर्दशन हुन नसकेको माओत्से गुरुङद्वारा निर्देशित तथा लब्रेजमेश्रों फिल्मस् प्रालिबाट निर्मित चलचित्र ‘शिरसुबा’ को प्रदर्शन २०७८ साल बैशाख ३ र ४ गते हुनेछ ।
जसु गुरुङले निर्देशन गरेको स्टार्स स्टुडियोले निर्माण गरेको चलचित्र ‘म्ले क्यु’ बैशाख १० र ११ गते प्रदर्शन गरिने निश्चित भएको छ ।

लेकाली फिल्म प्रालिको ब्यानरमा गुञ्जबहादुर गुरुङले निर्देशन गरेको चलचित्र ‘समीङ्ही’ बैशाखको १७ र १८ गते प्रदर्शन हुनेछ । पाईला फिल्मस् प्रालिको प्रस्तुति माओत्सेतुङ गुरुङद्वारा निर्देशित चलचित्र ‘टुकी’ को पालो बैशाख २४ र २५ गते परेको छ । शुभेच्छा फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘साली भेना’ बैशाख ३१ र जेठ १ गते प्रदर्शन गरिनेछ । यो चलचित्रको निर्देशन राजु गुरुङले गर्नुभएको हो ।

माओत्से फिल्मस् प्रालि ब्यानरमा माओत्से गुरुङले निर्देशन गरेको चलचित्र ‘मनको बाबरी’ जेठ ७ र ८ गते प्रदर्शन गरिने भएको छ ।
यसैगरी बेब्स क्रियेशन प्रालिको ब्यानरमा प्रीतम गुरुङले निर्देशन गरेको चलचित्र ‘फुङ’ जेठ १४ र १५ गते प्रदर्शन गरिनेछ । शुभेच्छा फिल्म प्रालिको ब्यानरमा खुशबहादुर गुरुङले निर्देशन चलचित्र ‘ङोल्स्यो माया’ जेठ २१ र २२ गते प्रदर्शनमा आउने भएको छ । मुनाल फिल्मस् प्रालिले निर्माण गरेको चलचित्र ‘मैरीमु’ जेठ २८ र २९ गते प्रदर्शन हुनेछ । यो चलचित्रलाई भोजबहादुर गुरुङले निर्देशन गर्नुभएको हो । हङ्ग्री आई फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको तथा नौ जङ्ग गुरुङद्वारा निर्देशित चलचित्र ‘तिमी नभए’ असार ४ र ५ गते प्रदर्शन हुनेछ । यसरी प्रर्दशन हुने चलचित्रको प्रर्दशनको व्यवस्थापन जिफानले गर्नेछ ।

अहिले तय भएको २० वटा चलचित्र प्रर्दशन गरिएपछि पुनः नयाँ तालिकासहित फिल्म प्रर्दशन गरिने जिफानका अध्यक्ष भोजबहादुर गुरुङले बताउनुभयो । ‘हलमा चलचित्र प्रर्दशन गर्दा शुरुवाती दिनमा अप्ठ्यारो भएपनि विस्तारै दर्शकको माया पाउनेछौ, मलाई लाग्छ अबको १० वर्षमा गुरुङ चलचित्रले नेपाली चलचित्र जतिकै दर्शकको फ्लो पाउनेछ’ गुरुङले भन्नुभयो । अहिले एउटा हलबाट चलचित्र प्रर्दशनको आरम्भ गरिएपनि दर्शकको सहभागिताको आधारमा पोखराका अन्य हल हुँदै पोखरा बाहिर समेत यसरीनै चलचित्र प्रर्दशन गर्ने लक्ष्यका साथ जिफानले काम गरिरहेको उहाँले बताउनुभयो । जिफानका पूर्व कानूनी सल्लाहकार कृष्णकुमार गुरुङले सबैको साथ र सर्पोट पाएको खण्डमा गुरुङ चलचित्रको बजार विस्तार हुने बताउनुभयो ।

गुरुङ चलचित्र उद्योगले गत बैशाख २३ गते आफ्नो २५ औ रजत जयन्ती मनाएको थियो । २०५२ सालमा रोधी साँस्कृतिक समूहबाट निर्मित पहिलो गुरुङ चलचित्र पाते बाट २०७७ सालसम्म आईपुग्दा जिफानमा आबद्ध चलचित्र निर्माण गर्ने ब्यानरहरुले १ सय ४४ वटा चलचित्रहरु निर्माण गरिसकेका छन् । वि.स २०६५ सालमा पोखरामा गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान) को विधिवत स्थापना भएको थियो । गुरुङ चलचित्र तथा यसको बजारलाई विस्तार गर्न जिफानले सकारात्मक भूमिका खेलिरहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button