
पोखरा न्यूज । कोभिड १९ विरुद्धको खोप अभियानको पाचौं दिन आज तनहुँमा ९८ वर्षीय जेष्ठ नागरिकलाई खोप लगाइएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रम देवघाट तनहुँका जेष्ठ नागरिक ९८ वर्षीय अगमप्रसाद लामिछानेलाई खोप लगाइएको हो ।
उहाँलाई स्वास्थ्य कार्यालय तनहुँले देवघाटमा आयोजना गरेको कार्यक्रममा अनुभवी खोप कार्यकर्ताहरुबाट खोप लगाइको जनाइएको छ ।





