गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६०७ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार दिउसो कास्कीको पोखरामा १३ जना र लमजुङको सुन्दरबजारमा ३ जनाा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिकामा २ जना महिला र २ जना पुरुषमा कोरोना देखिएको छ । महानगरको वडा नं १ का १ जना पुरुष, वडा नं ६ का १ जना महिला र १ जना पुरुष, वडा नं ८ का २ जना पुरुष, वडा नं १० का १ जना महिला र १ जना पुरुष, वडा नं १२ का १ जना महिला र वडा नं १७ का १ जना महिलामा कोरोना संक्रमण देखिएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिकामा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

७ जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएको हो । उहाँहरुको क्षयरोग उपचार केन्द्र पोखरमा परिक्षण गरिएको थियो । त्यसैगरी ४ जना संक्रमितहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको हो । ५ जना संक्रमितहरु लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान हुनुभएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशक शर्माले बताउनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button