गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण

पोखरा न्यूज सम्वाददाता । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६७१ पुगेको छ । आइतबार दिउसोसम्म प्रदेशका विभिन्न जिल्लाहरुमा थप २० जना संक्रमितहरु पहिचान भएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा नं ३ का १ जना पुरुष, वडा नं ७ का १ जना महिला र १ जना पुरुष, वडा नं १० का १ जना पुरुष, वडा नं १२ का १ जना पुरुष, वडा नं १५ का १ जना पुरुष, वडा नं १७ का १ जना महिला, अन्नपूर्ण गाँउपालिकाको वडा नं १ का १ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाको वडा नं ३ मा १ जना महिला, वडा नं ४ का १ जना महिला, वडा नं ९ का १ जना पुरुष, गोरखा जिल्लाको आरुघाट नगरपालिका वडा नं १ का २ जना पुरुष, लमजुङको बेशिसहर नगरपालिकाको वडा नं ८ का २ जना महिला, वडा नं ९ का १ जना महिला र १ जना पुरुष, राइनास नगरपालिकाकाे वडा नंका १ जना पुरुष,  म्याग्दीको मंगला गाँउपालिकाको वडा नं २ का १ जना महिला, वडा नं ५ का १ जना पुरुषमा कोरोना देखिएको हो ।

५ जना संक्रमितहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकमा परिक्षणबाट पहिचान भएको हो । १३ जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान हुनुभएको हो । उहाँहरुको क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गरिएको हो । २ जना संक्रमितहरु लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान हुनुभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिने निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले बताउनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button