आजकाल हलमा गएर फिल्म हेर्न अलि ‘अड’ लाग्छ : प्रकट पंगेनी शिव

नेपाली फिल्ममा भाषा बिग्रिएको छ

पोखरा न्यूज । साहित्यको क्षेत्रमा स्थापित नाम हो प्रकट पँगेनी शिव । उहाँको जन्म कास्कीको रुपागाउँपालिका ५ मा भएको हो । २०३३ सालमा एसएलसी उत्रिर्ण पश्चात गाउँबाट उहाँको आगमन पोखरामा भयो । पृथ्वीनारायण क्याम्पसमा भर्ना हुनुभयो । पोखरा आएपछि साहित्य क्षेत्रका हस्ति सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचन, विजय बजिमय हुँदै विनोद गौचनसँग उहाँको भेट भयो । यसले उहाँमा साहित्य तर्फको आर्कषण बढ्न थाल्यो ।

एकदिन क्याम्पसको प्रशासन भवनको उद्घाटन कार्यक्रममा केही देखाउनुपर्छ भनेर ध्रुर्व केसीले भन्नुभयो । उहाँले प्रस्तावलाई सर्हष स्वीकार गरेर प्रहसन राख्नुभयो । प्रहसन हेरिरहनुभएका सरुभक्तलाई प्रस्तुति मनपरेको रहेछ । अनि सरुभक्तले एउटा घरको कथा हैन नाटकमा खेल्न प्रस्ताव गर्नुभयो । प्रकटले मानीहाल्नुभयो । त्यस पश्चात सरुझक्त श्रेष्ठ, विश्व शाक्य लगायतको निर्देशनमा १४ नाटकमा अभिनय गर्नुभयो । त्यतिबेला नाटक डाँफेकला मन्दिर, सोरठी हल महेन्द्रपुल लगायतका ठाउँमा देखाइन्थ्यो ।२०५२ सालमा प्रकट लुम्ले कृषि केन्द्रमा जागिरे हुनुभयो । १० वर्ष २ महिनाको अवधिमा ५ देखि ६ सय गीत उहाँले लेखनुभयो । हालसम्म उनका ४० भन्दा बढी गीत रेर्कड भइसकेका छन् ।

गीतबाट उनको कलम गजल तर्फ मोडियो । त्यतिबेला उहाँको दीपक समीपसँग भेट भयो । गजल विधालाई साहित्यको विधानै नमान्ने चलनमा २०५२ सालबाट दीपकले निरन्तर गजल लेखिरहनुभएको थियो । यसमा प्रकटको पनि साथ रह्यो । पोखरामा गजलको माहोल शुरु भयो । विस्तारै गजल साहित्यको महत्वपुर्ण विधाको रुपमा स्थापित भयो । प्रकटलाई गजललै साहित्यमा झनै चिनायो ।उहाँका गजलमा झल्किएको माया प्रेमका प्रसंगले धेरै मनमा काउकुती लाग्छ । कतिलाई आफ्नो अपनत्व दिलाउँछ । उहाँकै गजल सुनेर, पढेर गजल लेखन, वाचन र श्रमण गर्नखोज्नेहरु समेत बढ्दैछन् । प्रणय गजलको एउटा हाँगो भएको बताउने उहाँ प्रणय गजलमा चुम्बन र स्पर्शका कुरा हुदैमा यसलाई अश्लिल भन्न नमिल्ने तर्क गर्नुहुन्छ ।

उहाँको हालसम्मजुनको चिठी जुनालाई २०६०, यो मन कतै अल्झिएको छ २०६४, प्रणय वेदका रिचाहरु २०६६ प्रकाशित कृति हुन् । ३०० भन्दा बढी आँशु पीडा रोधनका गजल लेखेपनि झण्डै ९० वटाको हाराहारीका प्रणय गजजले उहाँलाई स्थापित गरायो ।यसपाली प्रणयका वादशाहको रुपमा समेत परिचित प्रकट पंगेनी शिवसँग फिल्म क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईं ले फिल्म कतिको हेर्नुहुन्छ ?

मैले हिन्दी फिल्म धेरै हेरे । नेपाली फिल्म शुरुवातका चरणमा धेरै हेरे । त्यसपछि नेपाली फिल्मको डाइलग नबुझिने, हा हा, हुँ हु मात्र हुन थाले अनि नेपाली फिल्म हेर्न छोडे । डकुमेन्ट्री, छोटा फिल्म तर्फ आर्कषित भए । दयाहाङ राई सहितका पुस्ताको आगमन भएपछि फेरि नेपाली फिल्म हेर्न थाले । अहिले फाट्टफुट्ट हेर्छु ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

पहिला मेरो फिल्म हेर्ने माध्यम हल नै थियो । बीचमा सिडी मार्फत हेरे । पछिल्लो समयमा हलमा गएर हेर्नु भन्दा टिभिमा र युट्युब मार्फत नै बढी हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा जस्तो रमाइलो घरमा फिल्म हेर्दा हुँदैन । हलमा ठुलो पर्दामा हेर्दा रौनकनै बेग्लै आँउछ । हुनत सधै हलमा जना सम्भव हुँदैन । अहिले अलि उमेर ढल्केर समेत होला हलमा गएर फिल्म हेर्न अलि ‘अड’ लाग्छ । घरमा टिभीमा हेर्दा ठिकै लाग्छ । पछिल्लो समयमा सानो मोबाइलमा युट्युब मार्फत फिल्म हेरिन्छ । युट्युबबाट हेर्दा कलाकारको अभिनय, प्रयोग गरिएको प्रविधिको अनुभूति गर्न पाइदैन । सोही कारण फिल्म हेर्न मज्जा हलमानै हुन्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

म पोखरा झरेपछि संगत तीर्थ श्रेष्ठ, सरुभक्तसँग भयो । त्यतिबेला कल्पना सिनेमा हल थियो । हामीलाई कल्पना सिनेमाहलमा पहिलो सो मार्फतनै फिल्म हेर्न पर्ने हुन्थ्यो । सकभर ‘फस्ट डे फस्ट सो’ नभए पहिलो दिन देखाउने तीन सो मध्ये कुनै एक सो मार्फत हेर्ने गथ्र्यौ । यदि टिकट पाइएन भने ब्ल्याकमा टिकट काटेर भएपनी हेर्ने चलन थियो । त्यतिबेला हामीसँगै राजेन्द्र बजिमय, उषा भट्टचन, विक्रम दाइ पनि जानुहुन्थ्यो ।
सोले फिल्म हेर्दा टिकट पाइएन । अनि सरुभत्त र मैले प्रति टिकट २० रुपैयाँमा ब्ल्याकमा काटेर फिल्म हेरेका थियौँ । त्यसबेलामा १ सुका, एक मोहरको महत्व थियो । त्यसरी पनि हेरियो ।अर्कौ कुरा म टिकट काट्न लाइनमा भने कहिल्यै बसिन । पैसा उठाएरसाथीहरुले काट्थे । सानो प्वाल हुने, एउटै प्वालबाट टिकट दिने, भीड लामो हुने पिटापिट हुने, हातको छाला जाने हुने गरेको देखिन्थ्यो ।

हलमा हेरेको पहिलो फिल्म ?

जन्मठाउँ देउराली हुँदा आमा, माइतिघर फिल्म हेरे । त्यसबेला म १२ वर्षको थिए । फिल्म गाउँमानै देखाइएको थियो । राजाको सवारी हुँदा फिल्म तथा डकुमेन्ट्री देखाउने चलन थियो । त्यतिबेला राजाको डकुमेन्ट्री समेत गाउँमा लगरेर देखाउने चलन थियो ।
१६ वर्षको उमेरमा पोखरा एसएलसी दिन झरियो । मैले हलमा हेरेको पहिलो नेपाली फिल्म मनको बाध हो । यो फिल्म कल्पना सिनेमा हलमा हेरेको हो । पृथ्वीनारायण क्याम्पसमा रहेको अन्नपूर्ण रंगशालामासमेत फिल्म देखाइन्थ्यो । निःशुल्क हेर्न पाइन्थ्यो । तहाँ पुगेर पनि हेरको छुँ । त्यहाँ सांगीतिक कार्यक्रम समेत हुन्थ्यो ।

मनपर्ने फिल्मी कलाकार ?

मलाई मनपर्ने कलाकार राजेश खन्ना हुनुहुन्थ्यो । उहाँका फिल्म मैले दोहो¥याएर, तेह्राएर हेथेँ । नेपालीमा मिथिला शर्मा, गौरी मल्ल मनपर्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

केही फिल्ममा नेपाली मौलीकता समेट्न खोजेको पाइन्छ । विशेषगरी केही वर्षको अन्तरालमा निर्माण गरिने केही फिल्मकर्मीका फिल्ममा केही मौलिकता भेटिन्छ ।

सुधार गर्नुपर्ने पक्ष ?

व्यवसायिक फिल्ममा बलिउडको नक्कल बढी देखिन्छ । नेपाली फिल्ममा भाषा विग्रिएको छ । जर्वजस्ती अग्रेजी भाषाको प्रयोग गर्ने, नेपाली भाषालाई विगार्ने गरिएको पाइन्छ । अनावश्यक रुपमा द्धन्द्ध खडा गरेको पाइन्छ जुन द्धन्द्ध नेपाली समाजलाई पच्दैन । साउथ भूमिको नक्कल गर्दा सिमित समुहलाई मनोरञ्जन होला तर आम दर्शकलाई मनोरञ्जन हुँदैन । कथाले जे माग्छ सोही अनुसार लोकेसन र पात्र हुनुपर्छ । यसलाई फिल्मकर्मीले ध्यान दिनुपर्छ ।

रमा थपलिया, सन्तोष पन्त, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको अभिनयमा सहजता पाइन्छ । अन्य केही कलाकार नाक खुम्च्याउने, मुख खुम्च्याउने, हाहा , हुँहुँ गर्ने मौलकिता नै नराख्ने गरेको पाइन्छ । कलाकार कथामा डुब्न सक्नुपर्छ । कलाकारलाई अभिनय गरेको छ भन्ने दर्शकलाई थाहा नै नहोस् त्यसरी कलाकारले अभिनयमा सुधार गर्नुपर्ने देखिन्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

सानोछदाँ फिल्ममा अभिनय गर्ने धेरै रुचि हुन्थ्योे । शाही नेपाल चलचित्र संस्थान भन्ने खुलेको थियो । मैलै गाउँमा अभिनय गरेर देखाउथे । कतिपय साथीले फिल्म खेल्न जा भन्थे । जितेन्द्रको, राजेश खन्नाको अभिनय हेर्दा जोश बढ्थ्यो । पोखरा आएपछि नाटकमा भाग लिए । अनि मेरो रहर नाटकले केही हदसम्म पूरा भयो । कुन कुन फिल्म हेरे भनेर मैले डेढसय फिल्मको नाम हिरो हिरोइन नै टिपेर राखेको थिए । म फिल्म प्रति साह्रै क्रेजी थिए ।

तपाईंको फिल्मको यात्रा ?

मैले नारीको वेदना खेले, प्रतिवद्धता र अग्रेजी फिल्म अश्मिनामा अभिनय गरे । यि तिनवटै फिल्ममा बाबु बनेर अभिनय गरे ।

अबको योजना ?

नारायण रायमाझीले कुरा गर्नुभएको छ । अबको फिल्ममा राख्छु भन्नुभएको छ हेरौ के हुन्छ । नाटकमा बरु निर्देशन गर्नु पर्याे, खेल्नुपर्याे भनेर काठमाण्डौ र पोखराबाट अफर आएको छ । अब पोखराबाट एउटा नाटक खेल्छु ।

नाटक र फिल्मलाई रोज्नुपर्दा ?

नाटकनै रोज्छु । फिल्ममा फिलिङ्सनै आउँदैन । रुन, हाँस्न, फिल्ममा गाह्रो हुन्छ । नाटकमा आफ्नो दायित्व बहन गरेर काम गर्नुपर्ने हुँदा संवेदनशील बढी भइन्छ । सँगै अभिनय गर्ने कलाकारलाई सहयोग गर्छु । फिल्ममा कट, कट हुन्छ । हेर्दामात्र रमाइलो हो । सुटिङमा रमाइलो हुँदेन । नाटकमा रिर्हसल र मञ्चन दुवैमा मज्जा आउँछ ।

 तपाईंको प्रणय गजल मार्फत स्थापित व्यक्ति यसपालीको प्रणय दिवसमा के गर्दै हुनुहुन्छ ?

यसपालीको प्रणयदिवसमा लमजुङको भोटेओडारमा हुने कार्यक्रममा प्रणय गजल सुनाउने योजना बनाएको छुँ । प्रणयदिवसको अवसरमा हुने कार्यक्रममा मैले झण्डै १० वटा गजल सुनाउने तयारी गरेको छु ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु

मैले अभिनय गरेको प्रतिवद्धता फिल्म प्रर्दशन हुँदा सबै कलकार हलमा दर्शकसँगै थियौ । फिल्म हेरेपछि दर्शकहरु आएर तपाइको अभिनय राम्रो भनेर बधाई दिद्या औधी खुशी भएको थिए । पछिल्ला दिनमा फिल्म भन्दा डकुमेन्ट्रीतर्फ बढी आर्कषित हुन थालेको छु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button