गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण

पोखरा न्यूज सम्वाददाता । गण्डकी प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या १५ हजार ७५६ पुगेको छ । बुधबार प्रदेशका विभिन्न जिल्लामा थप २६ जनामा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा नं ३ का १ जना पुरुष, वडा नं ४ का १ जना महिला र १ जना पुरुष, वडा नं ६ का १ जना पुरुष, वडा नं ८ का २ जना महिला र ३ जना पुरुष, वडा नं ९ का १ जना पुरुष, वडा नं १० का १ जना पुरुष, वडा नं ११ का १ जना पुरुष, वडा नं १२ का १ जना पुरुष, वडा नं १४ का १ जना पुरुष, वडा नं २७ का २ जना महिला र १ जना पुरुष, वडा नं २९ का १ जना महिला, वडा नं ३० का २ महिला र १ जना पुरुष, वडा नं ३१ का १ जना महिला, वडा नं ३२ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ११ का १ जना पुरुष, म्याग्दी जिल्लाको मंगल गाँउपालिकाको वडा नं ३ का १ जना पुरुष, स्याङ्जा जिल्लाको बिरुवा गाँउपालिका वडा नं ८ का १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरु मध्ये १६ जना कन्ट्याक ट्रेसिङबाट पहिचान हुनुभएको हो । उहाँहरुको क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गरिएको थियो । यसैगरी ६ जना संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणबाट पहिचान हुनुभएको हो । ४ जना संक्रमितहरु विध ल्याब ललितपुर र लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button