केटु हिमाल आरोहीलाई पोखराका भट्टराईद्वारा सम्मान

पोखरा न्यूज । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहलाई लेकसाइडका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सम्मान गर्नुभएको छ ।

लेकसाइडमा बुमर्याङ रेस्टुरेन्ट चलाएका व्यवसायीले भट्टराइले साहसिक आरोहणमा नाम लेखाएको भन्दै आरोहीलाई सम्मान गर्नुभएको हो । आरोहीका लागि सम्मान कार्यक्रम राखेका भट्टराइले नेपाल र नेपालीको शीर उच्च हुनेगरि नाम राख्न सफल भएको भन्दै आरोहीप्रति समग्र नेपाली नागरिकको सम्मान रहेको बताउनुभयो ।

पुर्जासहितका १० जना आरोहीले हालैमात्र उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गर्नुभएको हो । उनीहरु पाकिस्तान र चीनको सीमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८६११ मिटर अग्लो केटु हिमालमा जाडो याममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् ।

आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो । टोलीले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५ः४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको हो । यसअघि पनि उनीहरुलाई पोखरामा पर्यटन व्यवसायीले नागरिक अभिनन्दन गरेका थिए ।

सोही अवसरमा धम्पुस पीक ६०१९) आरोहण गरेका गण्डकी प्रदेशका ६ जना आरोहीलाई पनि सम्मान गरिएको थियो । टोलीमा रहेका टासी पासाङ्ग, मन गुरुङ्ग, सनकुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदीप गौतम र हिराकुमारी मल्लले माघ ३ गते सफल आरोहरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button