ओलीले देशभर पञ्चभेला गर्दै हिंडेका छन-वरिष्ठ नेता खनाल

पोखरा न्यूज संवाददाता । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिंडेको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै देशभर पञ्चभेला गरेको टिप्पणी गर्नुभएको हो । भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किनु भएका खनालले पत्रकारहरुसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनि गरेको र देशभर पञ्चभेला गर्दै हिंडेको बताउनुभएको हो ।

उहाँले आफू भारतमा रहदा कुनैपनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पार्नुभएको छ । आफ्नो देशको समस्या आफै हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरुसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको पनि बताउनुभयो ।

नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरुको आन्दोलन सफलतामा नपुगि विश्राम नहुने पनि बताउनुभयो । भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको समेत खनालले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button