गण्डकी प्रदेश सरकारले सुनेन गणित शिक्षकका माग

पोखरा न्यूज । दाताको सहयोगभन्दा पनि आफ्नै साधनस्रोतको उपयोगबाट गणित शिक्षाको समस्या समाधान गर्दे जानुपर्ने यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

गणित शिक्षा परिषद् तनहुँको छैटौँ जिल्ला अधिवेशनमा सहभागी वक्ताले सङ्घीय सरकारलाई विषयगत माग राखिए पनि राज्यले त्यसको उचित सम्बोधन नगरेको गुनासो राखेका छन् ।

साथै अधिवेशनले नरेन्द्रनाथ न्यौपानेको अध्यक्षतामा शनिबार नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । परिषद्को उपाध्यक्षमा श्रीकान्त घिमिरे, सचिवमा कृष्णप्रसाद तिवारी, सहसचिवमा राजु ढकाल, कोषध्यक्षमा पम्फादेवी श्रेष्ठ र सह कोषाध्यक्षमा रामकाजी श्रेष्ठ रहनुभएको छ । त्यस्तै समितिका सदस्यहरूमा राधा घिमिरे, मोहन बस्ताकोटी, वेदबहादुर थापा र प्रकाश काफ्ले निर्वाचित हुनुभएका

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button