कास्कीगण्डकीसमाचार

सबै संगठनलाई मिलाएर लैजाने दायित्व युनियनको काँधमा : सिग्देल

पोखरा न्यूज । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सबै संगठनलाई मिलाएर अगाडि वढ्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका सन्दर्भमा पोखरामा आज आइतबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले महासंघलाई सबै पत्रकारको साझा संस्था बनाउने गरी नेतृत्व युनियनले लिने उद्घोषण गर्नुभयो ।
नेकपानिकट पत्रकारका २ संगठनले सहकार्यका लागि युनियनसँग छुट्टाछुट्टै प्रस्ताव गरेको भए पनि उनले युनियनको भूमिका सबै पत्रकारलाई मिलाएर लैजाने पक्षमा रहेको हुँदा आगामी परिस्थिति अनुसार निर्णय लिइने बताउनुभयो ।

प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले संगठनप्रति बफादारसँगै क्रियाशील पत्रकारलाई संख्याले अगाडि बढाउने बताउनुभयो ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासंघमा कसैबाट लिने गरी नभई आफूहरुले दिने गरी अन्य संगठनसँग सहकार्य गर्न सकिने बताउनुभयो । ‘सहमतिका नाममा नेतृत्व दिन सकिँदैन । १२ वर्षदेखि गुमेको महासंगको नेतृत्व लिन युनियन एकतामा लाग्नुपर्दछ ।’ उहाँले भन्नुभयो ।

युनियन कोषाध्यक्ष सरोज अधिकारीले न्याय र विवेक प्रयोग गरी उम्मेदवार छनोट गर्न नेतृत्वलाई आग्रह गर्नुभयो । युनियन कास्की अध्यक्ष नवीन सिग्देलले गठबन्धन नाममा संस्थालाई हित हुनुपर्ने बताउनुभयो । कार्यक्रमा केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, दिलीप पौडेल, दिलीपाश्री अधिकारी, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं युनियन सल्ल्लाका रवीन्द्र बास्तोला, पत्रकार महांघका पूर्व उपाध्यक्ष एवं युनियनका सल्ल्लाकार गंगाघर पराजुली, सल्लाहकार शिरोमणि बराल, तारा पाखे, डा बलराम उपाध्याय रेग्मी, पत्रकार महासंघ कास्की उपाध्यक्ष विमला भण्डारी, पत्रकार कमल पौडेल, हिमनिधि लौडारी, माधव रेग्मी, वासुदेव पौडेल, वेदनिधि तिमिल्सिना, कागे्रसका सञ्चार विभाग सदस्य कृष्ण थापा, युनियनका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, जिल्ला सचिव प्रदीप पौडेल, पत्रकार उत्तम पौडेलले युनियनलाई एकताबद्ध बनाएर लौजान नेतृत्वलाई सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button