आजको राशिफल : २०७७ साल फागुन १० गते, सोमबार

आज मितिः २०७७-फाल्गुन-१०, सोमबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको २२, २०२१, माघशुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः दशमी घ.प.१९ः४६ (१४ः३२), नक्षत्रः मृगशीरा घ.प. ५ः१३, योगः प्रीति, करणः वणिज, आनन्दादी योग : आनन्द
चन्द्रमाः मिथुन, सूर्यः कुम्भ, अयनः उत्तरायण
सूर्योदयः ६ः३७
सूर्यास्तः १७ः५९

आजको राशिफलः

मेष. आजको तपाईंको दिनचर्या सुखद तवरले बित्ने देखिन्छ । खेलकुदर सञ्चारमा राम्रो हुने योग रहेको छ । परोपकारी कार्यमा मन जानेछ । बन्धुबान्धव, इष्टमित्रबाट सहयोग प्राप्त हुने योग देखिन्छ । स्वास्थ्यले तपाईंलाई पूर्ण साथ दिनेछ ।

वृष. आज तपाईंको  दिनचर्या राम्रो छैन । स्वास्थ्यमा सावधानी अपनाउनुपर्ने देखिन्छ भने बोलीमा विचार नपुर्याउँदा झैझडाको सम्भावना देखिन्छ । व्यापारमा कमी आउनेछ भने नराम्रा समाचार सुन्नुपर्ने योग रहेको छ ।

मिथुन. तपाईंको आजको दिन उत्कृष्ट रहेको छ । सुखद यात्राको योग रहेको छ । सामाजिक कार्यमा मन जानेछ । अध्ययनमा रुचि बढ्नेछ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । मान सम्मानको योग देखिन्छ । सबैतिरबाट प्रशंसा हुनेछ ।

कर्कट. तपाईंको आजको दिन सन्तोषजनक रहेकोछ । स्वास्थ्यमा सुधार आउनेछ । व्यापारमा राम्रो रहेको छ । मुद्दा मामिलामा विजयीको योग देख्न सकिन्छ । सकारात्मक समाचारले दिनचर्या खुसीमय बनाउने देखिन्छ ।

सिंह. तपाईंको आजको दिनमा घरपरिवारबाट सहयोग प्राप्त हुनेछ । आर्थिक कारोबार राम्रो रहेको छ । अध्ययनमा मन जानेछ ।मान सम्मान र पुरस्कारले तपाईंलाई प्रफुल्ल बनाउने छ । चिताएको काममा सफलता हात लाग्नेछ ।

कन्या. तपाईंको आजको दिन त्यति राम्रो देखिदैन । स्वास्थ्यमा गढबढी हुने देखिन्छ । आर्थिक कारोबारमा राम्रो देखिदैन । आफन्तजनबाट धोका हुन सक्ने हुदा सावधानी अपनाउनुनै उत्तम हुने देखिन्छ ।

तुला. रोजगारीको अवसर प्राप्त हुने योग देखिन्छ । मिष्ठान्न भोजनको योग रहेको छ । रोजगारीका अवसरहरु प्राप्त हुनेछन् । व्यापार व्यवसायबाट राम्रो हुने देखिन्छ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

वृश्चिक. तपाईंको आजको दिन ठिकै रहनेछ । गरेका कार्यहरु सम्पन्न गर्न बढी नै मेहनत गर्नुपर्ने देखिन्छ । अध्ययनमा रुचि जागृति भएपनि आलस्यताले सताउनेछ । सामाजिक कार्यमा जाँदा अपजस खप्नुपर्ने हुन्छ ।

धनु. पारिवारिक स्थितिमा सुधार आउँदा तपाईंको आजको दिनचर्या सुखमय तवरले बित्ने देखिन्छ । मान-सम्मान प्राप्त हुनेछ । रोजगारीको अवसरहरु सृजना हुनेछ । महत्वपूर्ण कार्यहरु सफलतापूर्वक बन्ने दिन रहेको छ ।

मकर. तपाईंको आजको दिन राम्रो छैन । साथीभाइसँग झगडाको योग रहेको छ । स्वास्थ्यमा समस्या देखिन्छ । अशुभ समाचार सुन्न पर्नेछ । जसभन्दा पनि अपजस खेप्नुपर्ने दिन आज तपार्इंको रहेको छ ।

कुम्भ. तपाईंको आजको दिनमा रोकिएका काम बन्ने छ । रमाइले गरेर नै आजको दिन तपाईंको बित्नेछ । व्यापार-व्यवसायमा राम्रो रहेको छ । धर्मकर्ममा मन जानेछ । शुभ समाचारहरु सुन्न पाइनेछ ।

मीन. सामाजिक कार्यमा सफलता प्राप्त गर्ने योग रहेकोछ । मातापिता र आफन्त मान्यजनबाट सहयोग प्राप्त हुनेछ । मुद्दा मामिलामा विजयिको यात्रा देखिन्छ । यात्रा पनि सुखद हुने देखिन्छ । पूर्णत आजको तपाईंको दिन सुखद रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button