जन्मदिनमा देशभक्तिपूर्ण गीत सार्वजनिक

पोखरा न्यूज । गीतकार गंगानारायण श्रेष्ठ (मानव)ले आफ्नो जन्मदिनकै दिन नयाँ गीति भिडियो सार्वजनिक गर्नुभएको छ ।

आफ्नो ५२औं जन्मदिनको अवसर पारेर श्रेष्ठले राष्ट्रप्रेमले ओतप्रोत नयाँ गीत बजारमा ल्याएका हुन् । ‘सयौं भाषा, सयौं भेष, सयौं जात-जाति, सबको पहिचान सबले सम्मान गर्नुपर्छ साथी’ बोलको गीतमा पहिचानको सवाल उठाइएको छ ।

नेपाल १२५ जात-जाति र १२३ भाषाभाषी भएको इन्द्रधनुषी देश हो । यही वास्तविकता गीतकारले आफ्नो गीतमा शब्दमार्फत भाव व्यक्त गर्नुभएको छ । नेपालमा बसोबास गर्ने मुख्यमुख्य राष्ट्रियता (जातीय–भाषिक समुदाय) हरूका विषयमा गीतमा उल्लेख गरिएको छ । जस्तैः लिम्बू-राई-तामाङ-नेवार-गुरुङ-मगर-थारू-मुस्लिम-मधेसी-क्षेत्री-बाहुन-दलित ।

राष्ट्रिय एकताको नाममा कसैको पहिचान नस्वीकार्ने अनि पहिचानको नाममा नेपाली हूँ भन्ने नै बिर्सने यी दुबै अतिवादी विचलनविरुद्ध छ यो गीत । यस गीतले नेपाली हुनुमा असाध्यै गर्व गर्छ । साथै सबै जात-जाति, भाषाभाषी, भेषभूषा, भूगोल, संस्कृति सबैको सम्मान पनि गर्छ । सारमा यस गीतले वैचारिक सन्देश दिएको छ ।

राजेश पायल राईको लिड भोकल रहेको यस गीतको संगीत रमेश खड्काले गर्नुभएको छ । शब्द त सुन्दर छँदैछ, त्यतिकै सशक्त स्वर र संगीत पनि छ । समग्रमा गीत सुन्दर र उत्कृष्ट छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button