मापसे गरी कुटपिट गर्दा गम्भीर बनेका व्यक्तिको मणिपालमा उपचार हुँदै

पोखरा न्यूज । मादक पदार्थ सेवनगरी कुटपिट गर्दा कास्कीको अन्नपूर्ण गाउँपालिका-८ कुटुम निवासी ५६ वर्षीय गोरे नेपाली गम्भीर घाइते भएका छन् ।

सोही स्थान निवासी २४ वर्षीय हरि नेपाली र २८ वर्षीय रबि नेपालीले मादक पदार्थ सेवनगरी कुटपिट गर्दा गोरे नेपाली गम्भीर घाइते भएका हुन् ।

गम्भीर घाइते गोरेको  मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।कुटपिटमा सम्लग्न दुबै युवालाई नियन्त्रणमा लिइ घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button