आजको राशिफल : २०७७ साल फागुन १२ गते, बुधबार

वीरेन्द्र सापकोटा / आज मितिः २०७७-फाल्गुन-१२, बुधबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको २४, २०२१, माघशुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः द्वादशी घ.प.२३ः२२ (१५ः५६), नक्षत्रः पुनर्वसु घ.प. १२ः६, योगः सौभाग्य, करणः कौलव, आनन्दादी योग : गद
चन्द्रमाः कर्कट, सूर्यः कुम्भ, अयनः उत्तरायण
सूर्योदयः ६ः३५
सूर्यास्तः १८ः०

आजको राशिफलः

मेष. तपाईंको आजको दिन उत्कृष्ट तवरले व्यतित हुने देखिन्छ । राजनीतिक क्षेत्रमा सफलता हात पार्नुका साथै कुटुम्बबाट पनि साथ सहयोग रहनेछ । अध्ययनमा रुचि बढ्ने छ भने स्वास्थ्यले पनि तपाईंलाई साथ दिने देखिन्छ ।

वृष. शिक्षा क्षेत्रमा सफलता मिल्दा जागिरमा समेत पदोन्नतिको प्रबल सम्भावना रहेको देखिन्छ । प्रेम सम्बन्ध सुमधुर रहँदा आय–आर्जनका लागि नयाँ–नयाँ श्रोतहरु फेला पर्ने समय भएकाले बुद्धिमताको प्रयोग गर्नुपर्ने देखिन्छ ।

मिथुन. तपाईंको दिन कष्टमय तवरले व्यतित हुने हुदा आजको दिन सतर्कता उपाउनु नै बुद्धिमानी हुनेछ । बोलीमा विचार पुर्याउनुहोला । नयाँ कार्यमा हात नहाल्दै उचित हुने देखिन्छ । आज तपाईंको स्वास्थ्यले पनि साथ दिने देखिदैन ।

कर्कट. तपाईंको आजको दिन सुखपूर्वक बित्ने देखिन्छ । गरेका शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । आफन्त तथा इष्टमित्रबाट सहयोग मिल्नेछ । मान–सम्मान प्राप्त गर्नुहुनेछ भने मनोरञ्जनात्मक यात्राको सुखद अवसर आउनेछ ।

सिंह. बुद्धिपूर्वक गरेको कार्य तपाईको लागि आजको दिनमा फलदायि हुने देखिन्छ । नयाँ काम हात लाग्ने देखिन्छ । कठिन काम पनि सहजतापूर्वक सम्पन्न हुने देखिन्छ । चाहेको कुरालाई पुरा सक्ने अवसर रहेको योग देखिन्छ ।

कन्या. नेतृत्वको अवसर आउनेछ । व्यापार व्यवसायले तपाईंलाई सन्तुष्ट बनाउने देखिन्छ । नाम र दाम दुवैले तपाईलाई पच्छ्याउने देखिन्छ । मान्यजनको सहयोगले तपाईका हरेक कार्य सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

तुला. तपाईंको दिन आजको लागि राम्रो छैन । आएका अवसरहरु पनि व्यर्थमा खेर जाने प्रबल सम्भावना देखिन्छ । आफन्त, इष्टमित्र तथा नजिकको व्यक्तिबाट धोका पाउने योग रहेकाले तपाईले आजको दिन सावधानीपूर्वक बिताउनुपर्ने देखिन्छ ।

वृश्चिक. तपाईंको लागि आजको दिन राम्रो रहेको छ । यात्राका क्रममा मानसम्मान मिल्नेछ भने मिष्ठान्न भोजनको अवसर जुट्नेछ । आर्थिक क्षेत्र सबल रहने हुँदा आजको दिनमा तपाईंले गरेका सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

धनु. व्यापार-व्यवसायबाट मनग्य आम्दानी हुने देखिन्छ । शिक्षाको क्षेत्रमा सोचेजति सफलता प्राप्ति हुनेछ । रोजगारका अवसरहरु जुट्नेछन् । सबैको सहयोगले तपाईको हौशाला बढ्ने देखिन्छ । समग्रमा तपाईको लागि आज राम्रो रहेको छ ।

मकर. सन्तानबाट सुखप्राप्तिको योग रहेको छ । धन–धानबाट सन्तुष्टि प्राप्ति गर्नुहुनेछ । नयाँ–नयाँ उपहारहरु प्राप्त गर्ने सु–अवसर रहेको छ । रोकिएका काम कारबाही पनि सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

कुम्भ. तपाईको आजको दिनमा घाटा मात्रको सम्झौता हुने भएकाले सावधानी अपनाउनुहोला । आर्थिक क्षेत्र कमजोर रहेकाले सतर्कताका साथ काम गर्नुपर्ने देखिन्छ । बोलीमा विचार पुर्याउनुहोला । नयाँ काममा हात नहाल्दा नै बेस हुनेछ ।

मीन. तपाईंको आजको दिन राम्रो रहेको छ । राजनीतिक तथा सामाजिक काममा सफलता प्राप्तिको योग रहेको छ । मुद्दा मामिलामा तपाइको जित हुने देखिन्छ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । रोजगारका अवसरहरु प्राप्त गर्ने योग तपाईमा रहेको छ ।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button