पोखरामा अन्दाजी २०-२२ वर्षका युवक मृत फेला

पोखरा न्यूज । पोखरामा बिहीबार बिहान एक युवा मृत अवस्थामा भेटिएका छन् ।

पोखरा महानगरपालिका – ६ स्थित वसुन्धरा पार्कमा अन्दाजी २०-२२ वर्षका युवक बिहान ६:५० बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

मृतकको नजिकै माछा मार्ने विषको बोतल फेला परेकोले मृतकले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा बताइएको छ ।

निलो ज्याकेट लगाएका युवक पार्क भित्र अचेत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक युवकको हालसम्म पहिचान खुल्न नसकेको प्रवक्ता हमालले बताउनुभयो ।

मृतकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button