कार्ड्स अर्गनाइजेशन कतारको अध्यक्षमा कृष्ण

तिलु शर्मा पौडेल, दोहा कतार । प्रवासमा छरिएर रहेका श्रमिकहरूको स-साना लगानीलाई एकत्रित गर्दै स्वदेशमा लगानी गर्ने र त्यसबाट विदेशमा पसिना चुहाउन विवश नेपाली साथै नेपालको पनि आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको “ऊर्जाशील कार्य योजना जिम्मेवार विकाश समाज (कार्ड्स अर्गनाइजेशन) कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

नेपाली राजदूतावास कतारका प्रथम सचिव प्रवीण भट्टराईको प्रमुख आतिथ्यता, अधिवेशन तयारी समितिका संयोजक कृष्ण पन्थीको सभापतित्व तथा कार्ड्स कर्पोरेसन नेपालका अध्यक्ष मिक्की माउस लिम्बु र विदेश विभाग प्रमुख मोहन कार्कीको विशेष उपस्थितिमा नयॉ कार्य समिति चयन गर्दै अधिबेशन सम्पन्न भएको हो ।

संस्थाको परिचय र यसका उद्धेस्यहरुका बारेमा डिल्लीराम भट्टराईले प्रकाश पारेका थिए भने विमल घलेले स्वागत मन्तव्य राखेका थिए। जुम मार्फत सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले संस्थाको उद्देश्य राम्रो रहेको र व्यावसायिक पाटोमा कानुन अनुसार संस्थालाई आवश्यक हुने जस्तो सुकै सहयोग गर्न दूतावास तयार रहेको बताए ।

अधिवेशनले कृष्ण पन्थीको अध्यक्षतामा २७ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । जस अन्तर्गत वरिष्ठ उपाध्यक्ष राजाराम शाही, उपाध्यक्ष मोहम्मद अयुब शेष, महिला उपाध्यक्ष नानु घले, महासचिव डिल्लीराम भट्टराई, प्रथम सचिव सुरज कुँवर, द्वितीय सचिव रोशन बि. क., कोषाध्यक्ष नर बहादुर थापा, सह कोषाध्यक्ष राम कुमार राई लगायत सदस्यहरूमा क्रमशः रमेश थापा , चन्द्रबहादुर फुलेल , वासुदेव पाण्डेय , रमेश पुरी , विष्णु बहादुर शाही , अब्दुल खालिक, अम्बर राई , तेज बहादुर बुढाथोकी , प्रदीप राई, गणेश परियार , विष्णु अधिकारी , अनिशा घिमिरे , भूपराज दुबे रहेका छन् ।

कार्यक्रममा बोल्दै सभापति पन्थीले कार्ड्सले नेपालमा हाल कृषकहरूले भोग्न परेको समस्या लाई अन्त्य गर्नको लागि नेपाल सरकार संग पहल गर्ने र सरकारले कृषि सम्बन्धी बस्तुहरूलाई बजार व्यवस्थापन गर्नको लागि जिम्मा दिएमा आफूहरू पछि नहट्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button