टुरिष्ट रोडमा ओशिष थापाको प्रस्तुति

पोखरा न्यूज । गायक ओशिष थापाले पहिलो पटक पोखरामा प्रस्तुति दिने भएका छन् ।

पोखरा नर्थ लेकसाइड स्थित खपौदीमा रहेको द टुरिष्ट रोड विष्ट्रोमा शुक्रबार (मार्च ५ तारिख ) उनले आफ्नो सांगितिक प्रस्तुति राख्ने भएका छन् ।

पछिल्लो समय युवाले अत्याधिक रुचाएका रहेका गायक थापा युट्युव र टिकटकमा चर्चित छन् ।संचालक अर्जुन सुवेदीका अनुसार निशुल्क प्रवेशको व्यबस्था गरिएको छ ।साँझ ६ देखी १० हुने कार्यक्रमको सुरुवातमा पोखराको व्याण्ड क्रेजी व्रदर्सले प्रस्तुति राख्नेछ ।
कार्यक्रमको मुख्य प्रयोजक टुवोर्ग वियर रहेको वताइएको छ । नर्थ लेकसाइडमा रहेको टुरिष्ट रोडले ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button