सुपर जनरल अन्तर क्लब टी-२० क्रिकेट लिगको सेमिफाइनलमा चितवन

पोखरा न्यून । चितवन क्रिकेट क्लव पोखरा रंगशालामा जारी सुपर जनरल अन्तर क्लव टी-२० क्रिकेट लिग प्रतियोगितामा समुह ‘क’बाट सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलमा आयोजक सुपर जनरल पोखरालाई १८ रनले पराजित गर्दै चितवनले सेमिफाइनलमा स्थान सुरक्षित बनाएको हो । चितवनले तीन खेलमा जित हाँसिल गर्दै ६ अंकका साथ समुहमा शिर्षस्थान कायम ग¥यो ।

के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बुधबार पहिला व्याटिङ गरेको चितवनले पुरा २० ओभरमा १ सय ४९ रनको योगफल तयार पार्याे । उसका लागि साकार ढकाल र दिपेश श्रेष्ठ दुवैजनाले समान ३२ रनको पारी खेले । ३१ बलको सामना गरेका ढकालले आफ्नों पारीमा २ छक्का २ चौका प्रहार गरे । त्यस्तै श्रेष्ठले २ छक्का र १ चौका प्रहार गरेका थिए । अर्का व्याट्स्म्यान रोवीन शर्माले २५ रन जोेडे ।

प्रत्युरमा जीतका लागि १ सय ५० रनको लक्ष्य पछ्याएको पोखराले १ सय ३१ मात्रै बनाउन सक्यो । पोखराका लागि मुस्कान थापाले ३६, गोविन्द प्रधानले २४ तथा विद्यान श्रेष्ठले २२ रन बनाए । ३ विकेट लिएका चितनका गौतम केसी विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच भए । अर्का बलर कृजन गुरुङ्गले पनि ३ विकेट लिए । पोखराका बलरहरु दिपेश खत्री, कृष्ण पौडेल, विधान श्रेष्ठ र किरण पौडेलले १-१ विकेट लिएका थिए ।

समूह‘क’ कै अर्को खेलमा बालुवाटारले स्याङ्जा क्रिकेट क्लबलाई २७ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोडन सफल भयो । यो समूहमा पोखराले पनि २ अंकनै जोडेको छ । समूहबाट सेमिफाइनल पुग्न बिहीबार पोखरा र बालुवाटारको खेल दुवैका लागि ‘गर या मर’ को स्थितिमा पुगेको छ ।

टस जितेर ब्याटिङ्ग गरेको बालुवाटारले १९ ओभरमा मात्रै १ सय ५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । बालुवाटारको तर्फबाट सैसबध्वज केसीले २ चौका र १ छक्काको मद्धतमा अभिजित ४२ रन बनाए । त्यस्तै विपिन खत्रीले १३ बलको सामना गर्दै २ चौका र १ छक्काका मद्धतमा १९ रन जोडे । स्याङ्जाको बलिङतर्फ सुरज गुरुङ्गले ४ ओभरमा १ मेडनसहित २० रन खर्चिएर ३ विकेट लिए । अनुज गैह्रे, विष्णु पाण्डे र ठगेन्द्र थापाले समान २/२ विकेट प्राप्त गरे ।

जीतका लागि १ सय ६ को सामान्य लक्ष्य पछ्याएको स्याङ्जा ७८ रनमै समेटियो । मात्र १७.२ ओभर खेलेका स्याङ्जाको तर्फबाट सुरज गुरुङ्गले १८, विष्णु पाण्डेले १६ तथा विक्रम थापाले १२ रन जोडे । स्याङ्जालाई सस्तैमा समेटने क्रममा म्यान अफ द म्याच विपिन खत्रीले महत्वपूर्ण ४ विकेट लिए । उनले ४ ओभर बलिङ्ग गदै ३ रन खर्चिएर २ मेडन राखे । अन्य बलरहरु आयुष सर्मा र नितेष गिरीले पनि २÷२ विकेट लिन सफल भए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button