गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा ३९ नाटक सहभागी

पोखरा न्यूज । पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा कूल ३९ नाटक सहभागी भएका छन् । गण्डकी प्रदेशका १० जिल्लाबाट ३९ नाटक सहभागी भएका हुन् । मनाङ जिल्लाबाट भने सहभागिता भएको छैन । प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा पोखरा थिएटरले आयोजना गरेको हो ।

सहभागी भएका नाटकमा पञ्चमुनिदेव माध्यामिक विद्यालयय तनहुँको ‘पर्दाभित्रको सत्य’ रहेको छ । यसको लेखन तथा निर्देशन टुकादेवी पौडेल आचार्यले गर्नुभएको छ । डायमण्ड माध्यामिक विद्यालय, कास्कीको ‘छैंटौ परीक्षा’ नाटक अनिल गुरुङ लेखन निर्देशनमा तयार भएको छ ।चुणामणि पुलामीको निर्देशन र लीलाबहादुर भण्डारीको लेखनमा कुमारी प्राथमिक विद्यालय, नवलपुरको ‘अवसर’ नाटक अर्को सहभागी नाटक हो ।

यमप्रसाद सापकोटाको निर्देशनमा ‘चम्पाको शाहस क’ नाटक सहभागी भएको छ । चण्डिदेवी राष्ट्रिय माध्यामिक विद्यालय, तनहुँले तयार पारेको यो नाटक लक्ष्मी पौडेलले लेख्नुभएको हो । चन्द्र कला परियारले लेखेको र विश्वराज गुरुङको निर्देशनमा ‘लागू पदार्थ दुव्र्यसन तथा सामाजिक विकृति’ नाटक रहेको छ । यो नाटक जनविकास माध्यामिक विद्यालय, लमजुङले तयार पारेको हो । अमर नेपालीको निर्देशन र लेखनमा बाल मन्दिर माध्यामिक विद्यालय, गोरखाले ‘सीमा विवाद’ नाटकलाई महोत्सवमा प्रतिस्पर्धाको लागि पठाएको छ ।

पोखरा चिसाखोला वेद विद्याश्रम, कास्कीको ‘सरकारी कोटा’ नाटक महोत्सवमा सहभागी अर्को नाटक हो । यो नाटक सुशील बरालको लेखन निर्देशनमा तयार भएको हो ।अशोक मल्लको लेखन र विनोद खनालको निर्देशनमा सरस्वती माध्यामिक विद्यालय, स्याङ्जाले ‘गंगारामको न्याय’ नाटक तयार पारेको छ ।युनिभर्सल एकेडेमी, लमजुङले सहभागी गराएको ‘करुणा’ नाटकलाई कशीस वाग्लेले लेख्नुभएको हो भनेसंजोग लामिछानेले निर्देशन गर्नुभएको छ । ज्योति कुँवरको लेखन र प्रतीक्षा मगरको निर्देशनमा ‘एउटा सानो गाउँमा कोभिडको कथा’ नाटक महोत्सवमा सहभागी भएको छ । यो नाटक महालक्ष्मी माध्यामिक विद्यालय, गोरखाले तयार पारेको हो ।

‘देशको माया’ नाटकलाई सिद्धेश्वरी माध्यामिक विद्यालय, तनहुँले पठाएको छ । यो नाटक मूर्तिकला उपरकोटी लेखन र पदमराज पौडेलको निर्देशनमा बनेको हो ।भू.पू लोटस मन्टेश्वरी स्कूल, लमजुङले ‘सफलताको कथा’ नाटक निर्माण गरेको छ । यो नाटक अमृता थापाले लेख्नुभएको हो भने अन्जय गुरुङले निर्देशनको जिम्मेवारी पूरा गर्नु भएको छ ।‘भावना’ नाटक नेशनल क्रियशन एकेडेमी, कास्कीले तयार पारेको नाटक हो । यो नाटकको लेखन सन्दिप ठाकुर र विशान उदासले गर्नुभएको छ ।‘हराएको मोबाइल’ नाटक अर्को सहभागी नाटक हो । पीताम्बर माध्यामिक विद्यालय,स्याङ्जाले तयार पारेको यो नाटक पराजित रेशम गोतामेले लेख्नुभएको हो । निर्देशकको भूमिका चित्र थापाले निभाउनु भएको छ ।

‘आमाबाबाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गामुढामाथि’ न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यामिक विद्यालय, म्याग्दीले सहाभागी गराएको नाटक हो । यसको लेखक प्रिदीता बरुवाल हनुहुन्छ । नाटकलाई सरोज लकान्द्री र सतीया जिसीले संयुक्त रुपमा निर्देशन गर्नुभएको छ ।‘दवाबित मैत्री शिक्षा’ पोखरा चिसाखोला वेद विद्याश्रमले तयार पारेको अर्को नाटक हो । यसको लेखन तथा निर्देशन अमृत घिमिरेले गर्नुभएको हो ।कालीगण्डकी आवासीय माध्यामिक विद्यालय, बाग्लुङबाट ‘चेलिबेटी बेचबिखन’ नाटक सहभागी भएको छ । यो नाटकको लेखन जीवननाथ शर्मा र निर्देशन सुरेन्द्र शाक्यले गर्नुभएको हो ।

‘होस्टेल जान्न’ नाटक पृथ्वी माध्यमिक विद्यालय, नवलपुरले तयार पारेको हो । संगम भुसालले लेखको यो नाटक समिर तिवारीले निर्देशनको जिम्मा पाउनुभएको छ ।

न्यु मोडेल आवासीय माध्यामिक विद्यालय, कास्कीले ‘षडयन्त्रको घेरामा बुढीआमा’ नाटक सहभागी गराएको छ । यो नाटक गोकुल नेपालीले लेख्नुभएको हो । नाटकको निर्देशक सुनिता पौडेल हुनुहुन्छ । ‘दुव्र्यसनिबाट बचौ र मोबाइलको सही प्रयोग गरौं’ नाटक जनवाल माध्यामिक विद्यालय, मार्फा मुस्ताङले तयार पारेको छ । वीरेन्द्र परियारले लेखेको यो नाटक विजय शारा र सवीन विलास पन्तले निर्देशन गर्नुभएको हो ।

यसैगरी जनहित माध्यामिक विद्यालय,स्याङ्जाले भीमनिधि तिवारीको लेखन र वसन्त खनालको निर्देशनमा नाटक ‘टीका’ तयार गरेर महोत्सवमा सहभागी गराएको छ । ‘मोबाइलको प्रयोग’ ग्यालेक्सी इङ्गलिस बोडिङ्ग स्कूल, नवलपुरले तयार पारेको नाटक हो ।
गोमा बास्ताकोटीले लेखेको यो नाटकलाई कोपिला भण्डारीले निर्देशन गर्नुभएको छ । ‘कोरोनाको शैक्षिक प्रभाव’ नाटक गौरभ सापकोटाको लेखन तथा निर्देशनमा सत्यवती माध्यामिक विद्यालय, तनहुँले तयार पारेको छ । ‘दि सोसियल साइकोलोजी अफ डिस्क्रिमिनेसन’ उर्जा बरालको लेखन निर्देशनमा निश्पक्ष माध्यामिक विद्यालय,कास्कीले सहभागी गराएको नाटक हो ।

‘बालबालिकाको सुनौलो भविष्यमा अभिभावकको भूमिका’ नाटक भू.पू सैनिक आवसीय माध्यामिक विद्यालय, लमजुङले तयार पारेको हो । विनोद गुरुङले निर्देशन गरेको यो नाटक मन माया गुरुङले लेख्नुभएको हो । सुवेश वि.क.को लेखन तथा निर्देशनमा ‘लव टु चायल्ड’ नाटक योगेन्द्र माध्यामिक विद्यालय, मुस्ताङले सहभागी गराएको नाटक हो ।‘अभाव’ नाटक न्यू होराइजन आवसीय माध्यामिक विद्यालय, पर्वतले तयार पारेको छ । मनोहर पौडेलको लेखन र मीना रेग्मीको निर्देशनमा यो नाटक तयार भएको हो ।

संगम लामिछानेको लेखन निर्देशनमा जनप्रीय माध्यामिक विद्यालय, कास्कीले ‘लगानी’ तयार पारेको छ ।‘मुटुमा कोरिएको भूत’ गण्डकी बोर्डिङ स्कूलले तयार पारेको नाटक हो । समन गुरुङ र मान्यता गौतमले लेखेको यो नाटकको निर्देशन समन गुरुङले गर्नुभएको हो ।

‘नलेखिएको अक्षर’ फलेनी माध्यामिक विद्यालय, लमजुङबाट सहभागी भएको नाटक हो । रामजि कुमार श्रेष्ठको लेखन र  केदार बोहराको निर्देशनमा  नाटक बनेको छ । ‘नदेखिएको चित्र’ अमर इङ्गलिस स्कूल, नवलपुरबाट सहभागी नाटक हो । यो नाटकको लेखन निर्देशन अर्जुन कंडेलले गर्नुभएको छ ।‘जातीय हिंसा अन्त्य गरौं, समतामूलक समाजको निर्माण गरौं’ अमर माध्यामिक विद्यालय, लमजुङको नाटक हो । नाटकमा लेखन शिवानी भण्डारी रुट परियारको निर्देशन रहेको छ । ‘मणिरामको सारंगी र बिसे नगर्चीको नगरा’ नाटक शक्ति माध्यामिक विद्यालय, गोरखाले तयार पारेको हो । यसको लेखन तथा निर्देशन सुरेन्द्र देवकोटाले गर्नुभएको छ ।

भानुभक्त आवसीय माध्यामिक विद्यालय, कास्की ‘न्यायको खोजी’ नाटक महोत्सवमा सहभागी बनेको छ । यो नाटक अनुषा परियारको लेखन र आश्मा भुजेलको निर्देशनमा तयार भएको हो । बाराही माध्यामिक विद्यालय कास्कीबाट रन्जु दाहालको लेखन निर्देशनको नाटक ‘म पछाडिको मेरो सत्य’ सहभागी भएको छ । तुलसा भट्टराईको लेखन निर्देशनमा ‘लत’ नाटकलाई प्रतिभा माध्यामिक विद्यालय, कास्कीले सहभागी गराएको छ ।एस.ओ.एस हर्मन माइनर स्कूल, कास्कीको नाटक ‘गोल’ महोत्सवमा सहभागी अर्को नाटक हो ।

धर्मस्थली आधारभूत विद्यालय, कास्कीबाट सुनिता ज्ञवालीको लेखन निर्देशनमा ‘सचेतना’ नाटक तयार भएको छ । र ‘आफूलाई परेको समस्या’ निर्मल माध्यामिक विद्यालय तनहुँको नाटक हो । यो नाटकको लेखन निर्देशन कल्पना परियारले गर्नुभएको छ ।
सहभागी भएका नाटक मध्येबाट उत्कृष्ट ४ छनोट गरिने महोत्सव र्निेशक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पोखरा न्युजलाई जानकारी दिनुभयो ।

‘पहिलो चरणमा आयोजकले भिडियो तथा सहभागीको प्राविधिक पक्षको अध्ययन गर्नेछ । दोस्रो चरणमा निर्णायकले नाटक हेर्नुहुनेछ । अनि यही महिना भित्र नतिजा सार्वजनिक गर्ने तयारी छ’ परिवर्तनले भन्नुभयो ।सहभागी नाटक मध्ये उत्कृष्ट ४ नाटकलाई पुरस्कृत गरिने छ । उत्कृष्ट ४ मा पर्न सफल नाटकलाई भौतिक उपस्थितिमा पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिनेछ । यसरी मञ्चन गरिएको नाटक थिएटरको युट्युब च्यानलमासमेत राखिनेछ ।उत्कृष्ट नाटक छनोट गर्न वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । जसको सदस्यमा कलाकार माओत्स गुरुङ र प्रमिला तुलाचन रहनुभएको छ । उत्कृष्ट नाटक छनोटका लागि केही नियम आयोजकले बनाएका छन् ।

उत्कृष्ट ४ मा परेका नाटकलाई एक विशेष समारोहको विचमा पुरस्कार वितरण तथा प्रत्यक्ष मञ्चन गर्ने व्यवस्था गरिने पोखरा थिएटरका सञ्चालक मध्येका एक दीलप्रसाद गुरुङले जानकारी दिनुभयो ।‘प्रथम पुरस्कार पचास हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद पच्चिस हजार रुपैयाँ, तृतीय पुरस्कार १२ हजार ५ सय रुपैयाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ’ गुरुङले भन्नुभयो ।

गत वर्षदेखि पोखरा थिएटरले विद्यालयस्तचरीय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । पहिलो संस्करणको महोत्सव पोखरा महानगरपालिकास्तरीय थियो । गण्डकी प्रदेश सरकारको सहयोगले यसपाली प्रदेश स्तरिय महोत्सव आयोजना गर्न सम्भव भएको महोत्सव संयोजक परिवर्तनले बताउनुभयो । महोत्सवको नारा ‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ रहेको छ । विद्यालयस्तरीय नाटक महोत्सवलाई निरन्तर सञ्चालन गर्ने पोखरा थिएटरले योजना बनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button