घरेलु टिम पोखरा सुपर जनरल टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनमा

पोखरा न्यूज । आयोजक टिम पोखरा सुपर जनरल अन्तर क्लब टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘क’ को अन्तिम खेलमा बालुवाटर क्रिकेट क्लब काठमाण्डौलाई ४ विकेटले पराजित गर्दै पोखराले अन्तिम चारमा स्थान सुरक्षित पारेको हो । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मूख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा जीत निकाल्दै ४ अंकसहित समूहमा दोश्रो स्थानमा रहेर पोखरा सेमिफाइनलमा पुगेको हो ।

खेलमा टस जितर व्याटिङ गरेको बालुवाटारले सोनु तामाङ्गको विस्फोटक पारीमा १ सय २५ रन जोडेको थियो । १९ बलको समाना गरेको सोनुले ४ छक्का र २ चौका प्रहार गर्दै ३७ रन जोडेका थिए । पारस रावलले पनि ३४ रनको पारी खेले ।

१ सय २६ रनको लक्ष्य पछ्याएको पोखराका लागि विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच विधान श्रेष्ठले ४७ रनको महत्वपूर्ण पारी खेले । श्रेष्ठले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै रिजन प्रजुले २७ रन जोडेर टोलीलाई जिततर्फ अग्रसर पारेका थिए भने शुरुवाती व्याट्स्म्यान प्रवीण ढकालले १५ रन बनाएका थिए । बालुवाटारका बलर सोनु तामाङ्गले ३ विकेट लिए ।

पोखराका बलरहरु लालबहादुर अधिकारीले र किरण पौडेल २/२ तथा दिपेश खत्री र गोविन्द प्रधानले १/१ विकेट लिन सफल भएका थिए । यसैबीच बिहीबारदेखि समूह ‘बी’ तर्फको खेल शुरु भएको छ । पहिलो खेलमा पेलिक्याण्ट्स क्रिकेट क्लब तनहुँले बाग्लुङ्ग क्रिकेट क्लवलाई ८ विकेटले पराजित गरेको छ । पहिला व्याटिङ्ग गरेको बाग्लुङ्गले १७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्रै ४९ रन बनाएको थियो । ५० रनको लक्ष्य तनहुँले ५ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्याे । खेलमा ४ विकेट लिएका तनहुँका कमल थापा म्यान अफ द म्याच भए ।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button