सुपर जनरल इन्टर क्लब टी-ट्वान्टी क्रिकेट जारी

पोखरा न्यूज । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी अन्तर क्लब टी-२० क्रिकेट लिग अन्तर्गत शनिबार समूह‘बि’ का दुई खेल सम्पन्न भए । सम्पन्न खेलहरुमा मिक्समाण्डुु र जनकपुरले जीत हात पारेका छन् ।

पहिलो खेलमा तनुहँले मिक्समाण्डु क्रिकेट क्लबले बाग्लुङ्ग क्रिकेट क्लबलाई १० विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको बाग्लुङ्गले १९ं.५ ओभरमा सम्पूर्ण विकेट गुमाउनुपूर्व ७९ रनको सामान्य स्कोर खडा गर्न सक्यो । बाग्लुङ्गको तर्फबाट विश्व कार्कीले २३ रन बनाए । मिक्समाण्डुको जीतमा म्यान अफ द म्याच रुपेश श्रीवास्तवले ४ विकेट लिए । मिक्समाण्डुका व्याट्स्म्यान रिव्न जोश्लिे विस्फोटक व्याटिङ्ग गर्दै २९ बलमा अभिजित ५१ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै शुव कंशाकारले २३ रन बनाए ।

अर्को खेलमा जनकपुर क्रिकेट क्लब्ले पेलिकेण्टस क्रिकेट क्लब्लाई ४७ रनको फकाकिलो स्कोरले पराजित गर्याे । पहिला व्याटिङ्ग गरेको जनकपुले अक्वर अलिको ४४ तथा विशाल सस्लिङको ३९ रनको मद्धतमा १ सय ५९ रन बनाएको थियो । ज्तिका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको पेलिकेण्ट्सेले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १२ रन मात्रै बनाउन सक्यो । समिर कँडेलले २१ तथा द्यपिक डुम्रेले १८ रन जोडे । बलिङ्गतर्फ ३ विकेटसमेत लिएका जनकपुरका विशाल सुस्लिङ म्यान अफ द म्याच भए । राहल प्रताप सिंहले ४ विकेट लिए । यो खेलसंगै लिग रोचक मोडमा आएको छ । सेमिफाइनलका लागि रनरेटलेसमेत महत्व राख्न सक्ने देखिएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button