
पोखरा न्यूज । पोखरामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
पोखरा महानगरपालिका -९ नयाँ बजार स्थित जीएमसी हस्पिटल अगाडि सडक छेउमा आइतबार एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान १० बजे सडकको छेउमा पोखरा १८ सेदी बस्ने ३९ वर्षीय विमला वि.क. मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





