रुपामा सप्ताहव्यापी शिविर

पोखरा न्यूज । सर्वसाधारणको हितलाई लक्षित गर्दै नेलम्बो नेपालद्वारा कास्कीको रुपा गाउँपालिकामा सप्ताहव्यापी ‘मुख स्वास्थ्य तथा दन्त शिविर’ आयोजना गरिएको छ ।

आइतबारदेखि शुरु भएको शिविरमा डा रोशन केसीको नेतृत्वमा डेन्टल हाइजेनिष्ट स्नेहा खड्का, क्लिनर विजय थापा मगर सहित छ जनाको टोली रहेको छ । शिविरको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले ‘रुपाको पहिचान सबै क्षेत्रमा समृद्घिको अभियान’ नाराका साथ गाउँपालिका अघि बढिरहेको उललेख गर्दै नेलम्बो नेपालप्रति आभार व्यक्त गर्नुभयो ।

अध्यक्ष ओझाले मुखको सरसफाइमा ध्यान नदिए क्यान्सरसमेत हुनसक्नेतर्फ सचेत गराउँदै शिविरबाट अधिकतम लाभ लिन सर्वसाधारणलाई आग्रह गर्नुभयो । गाउँपालिकाले स्वास्थ्यलाई महत्व दिई सबै वडामा चौकी स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले शिविरबाट विपन्न समुदायले फाइदा लिनुपर्ने उल्लेख गर्दै दातको उपचार महँगो भएकाले विपन्न समुदायको पहुँचमा नरहेको बताउनुभयो ।

नेलम्बोमा अध्यक्ष एकदेव देवकोटाले सक्रिय सहभागिता हुने ठाँउमा संस्थाले सहयोग गर्दै आएको स्पष्ट पार्नुभयो । कार्यक्रममा वडा नं ६ का अध्यक्ष नारायण गुरुङ, नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीलगायतले मुख स्वास्थ्य तथा दातको उपचार सेवाको आवश्यकता औँल्याउनुभयो । शिविरको पहिलो दिन आइतबार २२ जनाले उपचार गराएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button