लमजुङमा नागरिक आरोग्यता सेवा केन्द्र स्थापना

पोखरा न्यूज । डुमे्र -बेँसीशहर सडक नजिकै लमजुङ बेँसीशहर नगरपालिका-२ भकुण्डेमा आरोग्यता सेवा केन्द्र स्थापना गरिएको छ ।
सङ्घीय सरकारको आर्थिक सहयोग तथा जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्रको समन्वयमा आज उक्त केन्द्र स्थापना गरिएको हो ।

केन्द्र अन्तर्गत रहने गरी स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रको आज बँेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उद्घाटन गर्नुभयो ।

नगर प्रमुख अर्यालले रोग लाग्न नदिने उपाय अपनाउँदै सकेसम्म शरीरलाई स्वस्थ राख्नुपर्नेमा जोड दिनुभयो । प्रमुख अर्यालले आयुर्वेद विधिबाट गरिने उपचार सबैभन्दा प्रभावकारी विधि भएको र योसँगै गरिने योग र अभ्यासले शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने भएकाले यसको फाइदा स्थानीयवासीलाई लिन आग्रह गर्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी शर्माले नागरिक स्वस्थ भएमा मात्र देशले समृद्धि हासिल गर्न सक्ने धारण राख्नुभयो ।

वरिष्ठ वैद्य प्रेमप्रसाद पौडेलका अनुसार नागरिक आरोग्य सेवा केन्द्र स्थापनासँगै निःशुल्क टिकट, ओपिडी, २३ प्रकारका निःशुल्क औषधि, नगरपालिकालाई रसायन औषधि, पञ्चकर्मा अन्तर्गत स्वेदन र स्नेहन तथा स्वास्थ्य शिक्षा जस्ता कार्यक्रम सञ्चालन गरिने भएको छ ।

जिल्लाको सिफारिसमा सङ्घीय सरकारले लमजुङको ३ स्थानमा नागरिक आरोग्य सेवा केन्द स्थापना गर्नेमध्ये पहिलो पटक यस केन्द्र स्थापना गर्दै सञ्चालनमा ल्याइएको बताइएको छ । छिट्टै क्होलोसोथार गाउँपालिका-३ घलेगाउँ र दूधपोखरी गाउँपालिका–५ कोल्कीमा पनि सेवा केन्द्र स्थापना गर्ने तयारी भइरहेको वरिष्ठ वैद्य पौडेलको भनाइ छ । सङ्घीय सरकारको अनुदानको करीब रु २१ लाख बजेटबाट जिल्लामा चालू आवमा यससहित ३ वटा केन्द्र स्थापनका हुने भएको छ ।

सङ्घीय सरकारले जिल्लाका प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने लक्ष्य रहेको वरिष्ठ वैद्य पौडेलले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button