
पोखरा न्यूज । पोखरामा बुधबार एक युवा मृत अवस्थामा फेला परेका छन् ।
पोखरा महानगरपालिका – ३१ स्थित बेगनास ताल किनारामा दाङ तुलसीपुर -१५ चरुवा घर भई पोखरा ३० खुँदी बस्ने ३९ वर्षीय पूर्ण बहादुर चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान अन्दाजी १०:१० बजे ताल किनारामा तैरिरहेको अवस्थामा चौधरीको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





