बागलुङमा मोटरसाइकलको ठक्करबाट युवा घाइते

पोखरा न्यूज । बागलुङमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट एक युवा घाइते भएका छन् ।

बागलुङ नगरपालिका-२ धौलागिरिचोकमा ग १७ प १२०४ नम्बरको मोटरसाइकलले पैदल यात्री बाग्लुङ नगरपालिका-३ देउरालीचोक निवासी २८ वर्षीय कृष्ण आचार्यलाई ठक्कर दिइ घाइते बनाएको हो ।

घाइते आचार्यको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button