बागलुङमा ट्याक्टर दुर्घटना हुँदा तीन घाइते

पोखरा न्यूज । बागलुङमा आइतबार ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

बरेङ गाउँपालिका-४ सल्यान सल्लेरीमा ध १ त ४८२ नं को ट्याक्टर सडकबाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा तीन जना घाइते भएका हुन । दुर्घटनामा परी दैलेख नारायण नगरपालिका-६ निवासी ४४ वर्षीय हस्तबहादुर मगर, सोही स्थान निवासी ३८ वर्षीया मनिषा मगर र चालक खोटाङ हलेसी ट्याक्सिङ नगरपालिका-५ निवासी १८ वर्षीय केवल महरा घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि गुल्मीको शान्तिपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

थाप्लुङ-सल्यान मोटरबाटो निर्माणको लागि जाली लिई गुल्मीको शान्तिपुरबाट सल्यानतर्फ आउँदै गरेको उक्त ट्याक्टर अनियन्त्रित भई सडकको घुम्तिबाट खसेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button