पोखरामा लागूऔषधसहित दुई युवा पक्राउ

पोखरा न्यूज । पोखरामा लागूऔषधसहित दुई युवा पक्राउ परेका छन् ।

पैचालिस एम्पुल लागूऔषधसहित पोखरा -३० ढुंगेपाटनका  ३२ वर्षीय कृष्ण बहादुर गुरुङ र पोखरा -१७ बिरौटाका  ३६ वर्षीय धन बहादुर गुरुङ पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

डाइजापान १५ एम्पुल, फेनेरागन १५ एम्पुल र  नुर्फिन  १५ एम्पुल गरी ४५  एम्पुल लागूऔषधसहित उनीहरु सोमबार ५ बजे  ढुङगेपाटनबाट पक्राउ परेको  कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास कुमार हमालले जानकारी दिनुभयो ।

उनीहरुलाई लागूऔषध मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button