रेस्लिङको उपाधिका लागि भोलि टाइगर र डेभिड भिड्दै

अनिता घिमिरे, पोखरा । पोखरामा आजदेखि राष्ट्रिय रेस्लिङ प्रतियोगिता सुरु भएको छ । नेपाल रिङ रेस्लिङ सघंको आयोजनामा पोखरा रगंशालाको बहुउद्देश्यीय कभर्डहलमा दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता २०२१ सुरु भएको हो । उक्त प्रतियोगितामा देशैभरबाट महिला र पुरुषगरी ३५ रेसलरले सहभागिता जनाएको राष्ट्रिय खेलकुद परिषद्की सदस्य तथा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताकोे संघीय सरकारका खेलकुद मन्त्री दावा तामाङ र राखेप सदस्य सचिव रमेश सिलवालले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । काठमाडौं बाहिर पहिलो पटक रेसलिङ प्रतियोगिता पोखरामा आयोजना गरिनु सुखद पक्ष भएको बताउंदै पोखरालाई पर्यटकीय गन्तव्यसंगै खेलकुदको शहरको रुपामा पनि विकास गर्दै लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।

उद्घाटन प्रतियोगितामा नुवारथोक टाइगरले चट्टानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । त्यस्तै आज नै भएको दोस्रो खेल डेभिड र साईनबीच भएको थियो । निकै प्रतिष्पर्धात्मक खेलमा डेभिडले साईनलाई पराजित गदैै फाइनलको यात्रा तय गरेका छन् । त्यस्तै महिला तर्फको खेलमा बेनिका, तानु र दिलाशाको प्रतिष्पर्धा भएको थियो । दिलाशाले दुबै रेसलरलाई पराजित गर्दै प्रतियोगितामा विजयी भएकी छन् । उपाधिका लागि भोलि टाइगर र डेभिडबीच प्रतिष्पर्धा हुने भएको छ ।

उक्त प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, द यूव, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत देशका उत्कृष्ट महिला तथा पुरुष रेसलरहरु गरी ३५ जनाले प्रतिष्पर्धा गर्ने संघका महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु. १ लाख सहित च्याम्पियन वेल्ट प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो स्थान प्राप्त गर्नेले नगद रु. ५० हजारका साथमा मेडल र प्रमाणपत्र हात पार्नेछन् । खेल हेर्न दर्शकले रु १ सय र २ सयको टिकट काट्नु पर्ने बताइएको छ ।

प्रतियोगितामा दर्शकलाई मनोरञ्जन दिलाउन हास्य कलाकार सन्दीप क्षेत्रीको प्रस्तुति रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि राष्ट्रिय खेलकूद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतका संस्थाहरुको सहयोग रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button