मोना कतारले जिल्लामा बहुउद्देश्यीय अक्षयकोष स्थापना गर्ने 

तिलु शर्मा पौडेल, दोहा कतार । कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी      प्रवासी नेपाली सङ्घ (मोना) कतारले जिल्लामा बहुउद्देश्यीय अक्षय कोष स्थापना गर्ने भएको छ । संस्थाको बैठकले न्यूनतम १५ लाख बराबरको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ ।

जिल्लामा भई परी आउने हरेक समस्याहरु दिगो रूपमा मलहम लगाउने उद्देश्यले सङ्घले उक्त कोष निर्माणार्थ सन २०१९ मा एकबृहत् सॉस्कृतिक कार्यक्रम आयोजना गरी केही रकम सङ्कलन गरी सकेको छ।अक्षयकोष स्थापना गर्नु मोना कतारको लक्ष्य भएकाले त्यसमा प्रतिबद्ध भएर लागेकाे स‍स्थाका अध्यक्ष नरेन्द्र फगामीले बताउनुभएकाे छ ।

कोष स्थापनाले जिल्लाका हरेक दुख सुखमा संस्थाको उपस्थिति सहितसामाजिक संस्थाको दायित्व तथा कर्तव्य बुझाउने बिश्वास संघले लिएको छ । कोरोनाका कारण कार्यसम्पादनमा ढिलाइ भए पनि वर्तमान कार्यसमितिले कोष स्थापना गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष राजु पौडेलको संयोजकत्वमा तीन सदस्यीय “बहुउद्देश्यीय अक्षय कोष स्थापनार्थ आर्थिक सहयोग सङ्कलन समिति” समेत गठन गरेको हो ।

हरेक दीनदुखीको सहयात्री बन्न कोषको स्थापना गर्न लागिएको र सबैबाट सक्दो सहयोगको अपेक्षा संघले गरेको पौडेलले बताउनुभएकाे छ । सङ्घले खेलकुद, शिक्षा, स्वास्थ्य, बाढी, पहिरो, भूकम्प, बिरामी लगायतका विभिन्न क्षेत्रमा विभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button