आजको राशिफलः चैत २२ गते आइतबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा  । आज मितिः २०७७–चैत्र–२२, आइतबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको ४, २०२१, चैत्रकृष्णपक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः सप्तमी घ.प.८ः४०(९ः२१), नक्षत्रः मूलम्, योगः परिघः, करणः बालव, आनन्दादी योगः सिद्धि

चन्द्रमाः धनु, सूर्यः मीन, अयनः उत्तरायण

सूर्योदयः ५ः५३

सूर्यास्तः १८ः२२

आजको राशिफलः

मेष. आजको तपाईको दिन राम्रो रहेको छ । मन सुविचारले भरिएर आउँदा कामहरु सफलताका साथ सम्पन्न हुने देखिन्छ । आफन्तले सहयोगको हात बढाउनेछन् । मित्रता गाँसिने दिन रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

वृष. तपाईको लागि आजको दिन त्यति राम्रो मान्न सकिदैन । अपजस पाउने दिन रहेकाले नयाँ कार्यको थालनी नगर्दै राम्रो हुनेछ । दुर्घटना भयको सम्भावना देखिने हुँदा सतर्कता अपनाउनुहोला । स्वास्थ्यमा समस्या आउन सक्ने योग रहेको छ । काममा व्यवधान हुने छ ।

मिथुन. मानसम्मान प्राप्त हुने दिन रहेको छ । गरेको काममा सफलता प्राप्ति हुनेछ । नयाँ–नयाँ कार्यको थालनी हुनेछ । आफन्तले सहयोग गर्दा मनमा प्रफुल्लता बढ्नेछ । सन्तोष गरेर नै दिन व्यतित हुनेछ । समग्रमा दिन राम्रो रहेको छ ।

कर्कट. आजको दिनमा तपाईले गरेका कार्यमा व्यवधान आउने सम्भावना रहेको छ । मान सम्मानमा आँच पुग्नेछ । आलस्यताका कारण काममा वा पढाइमा समेत मन जाने देखिदैन । मनमा अनावश्यक सोचाइका कारण स्थिरभावना रहने देखिदैन ।

सिंह. आज तपाईको लागि राम्रो रहेको छ । आफन्त तथा इष्टमित्रको सहयोगबाट नै अधुरा कामहरु बन्नेछन् । मनमा हौसला बढ्ने देखिन्छ । बोलिमा प्रभाव बढ्नेछ । नयाँ कार्य थालनी गर्दा राम्रो हुने देखिन्छ ।

कन्या. तपाईको लागि आजको दिन राम्रो रहेको छ । शुभ समाचार पाउने हुँदा मन खुसिले गद्गद् हुनेछ । काममा सफलता प्राप्ति हुनेछ भने प्रशासनिक काम पनि सहजताका साथ सम्पन्न गर्ने खुबि रहेको छ । बोलिमा प्रभाव बढेर जानेछ ।

तुला. तपाईको आजको दिन उत्कृष्ट रहेको छ । मान सम्मान पाउने योग देखिन्छ भने मिष्ठान्न भोजनको सम्भावना पनि उत्तिकै रहेको छ । रमाइलो यात्राको अवसर आउनेछ । आँटेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक. तपाईको आजको दिन राम्रो मान्न सकदैन । नयाँ औद्योगिक काम तथा व्यवसायिक क्षेत्रमा हात नहाल्नुहोला । सामाजिक कार्यमा तपाईका लागि आजको दिन त्यति राम्रो मान्न सकिदैन अर्थात् अपजस धेरै नै पाउनुहुनेछ । काम गर्दा विचार गर्नुहोला ।

धनु. तपाईको लागि आजको दिन उत्कृष्ट रहेको छ । जति पनि घाटामा रहेका आर्थिक कारोबार वा व्यवसायिक क्षेत्रबाट सफलता प्राप्त गरिने दिन रहेको छ । मन खुसिकै साथ व्यतित हुनेछ भने पढाईमा उन्नती तथा प्रगती हुनेछ । मानसम्मानको योग देखिएको छ ।

मकर. तपाईको दिन आजको लागि राम्रो मान्न सकिन्छ । मित्रताको साइनो गासिनेछ । पारिवारिक सम्बन्ध भने खुशिमय बन्ने देखिन्छ । सामाजिक तथा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ भने आर्थिक क्षेत्रमा नाफा हुने योग रहेको छ।

कुम्भ. सन्तानको पूर्ण साथ मिल्नेछ । आज तपाईले गरेको काममा सफलता मिल्नेछ । परिवारमा सुख तथा खुसि प्राप्ति हुनेछ । बोलिमा प्रभाव बढेर जानेछ । सुखद यात्राको प्रवल सम्भावना रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ ।

मीन. आजको दिन तपाईले सतर्कपूर्वक बिताउनुपर्ने देखिन्छ । नयाँ नयाँ काममा हात नहालेकै राम्रो हुनेछ । आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना भएकाले होसियारी अपनाउनुपर्ने देखिन्छ । मनमा अशान्तिको मात्र बढेर जानेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button