ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

पोखरा न्यूज । सिरहाको लहान–ठाडी सडकखण्डमा लहान नगरपालिका–१९ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको स१त ६२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा लहान नगरपालिका–१९ निवासी अजय यादवका अढाई वर्षीय छोरा आशिक यादवको मृत्यु भएको हो ।

आफ्नै घर अगाडि खेलिरहेका बालकलाई ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button